झापामा पुँजीगत खर्च ५१ प्रतिशत मात्र « Khabarhub

झापामा पुँजीगत खर्च ५१ प्रतिशत मात्र


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

झापा– गत आर्थिक वर्षमा झापामा पुँजीगत बजेटको ५१ प्रतिशत मात्र खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार सङ्घीय सरकारबाट जिल्लास्थित सङ्घीय कार्यालय तथा स्थानीय तहका लागि विनियोजित पुँजीगत बजेट रु १२ अर्ब ६९ करोड ३४ लाख १० हजार ५९० मध्ये रु छ अर्ब ४७ करोड २५ लाख ४९ हजार १८६ मात्र खर्च भएको हो ।

चालुतर्फ विनियोजित १७ अर्ब तीन करोड ६८ लाख ८८ हजार ९८ मध्ये १६ अर्ब २० करोडभन्दा बढी रकम खर्च भएको छ ।

सङ्घीय सरकारले स्थानीय तहलाई वित्तीय समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदानमार्फत बजेट उपलब्ध गराउँदै आएको छ । उक्त बजेट स्थानीय तहले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास तथा अन्य सार्वजनिक सेवाका क्षेत्रमा खर्च गर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ११ : ४४ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ