१९औँ पुस्तकालय दिवसका लागि मूल समारोह समिति गठन « Khabarhub

१९औँ पुस्तकालय दिवसका लागि मूल समारोह समिति गठन


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी भदौ १५ गते १९औँ पुस्तकालय दिवस देशभर विभिन्न रचनात्मक तथा सन्देशमूलक कार्यक्रम आयोजना गरी मनाइने भएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलको अध्यक्षतामा साउन २१ गते बसेको १९औँ पुस्तकालय दिवस मूल समारोह समितिको बैठकले दिवसलाई देशव्यापी रूपमा मनाउने निर्णय गरेको हो।

यस वर्षको पुस्तकालय दिवसको आदर्श वाक्य ‘बाल, युवा र वृद्ध : पुस्तकालय सबैको गन्तव्य’ तय गरिएको छ। आदर्श वाक्यले सबै उमेर, वर्ग र समुदायका नागरिकका लागि पुस्तकालयको पहुँच र उपयोगितालाई जोड दिएको छ।

बैठकले पुस्तकालय क्षेत्रसँग सम्बन्धित सरकारी तथा गैरसरकारी संस्था, विश्वविद्यालय, पुस्तकालय क्षेत्रको छाता संगठन, शैक्षिक संस्था तथा सामाजिक संस्थाका प्रतिनिधि सम्मिलित मूल आयोजक समिति गठन गरेको छ।

मूल आयोजक समितिको उपाध्यक्षमा मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख सहसचिव शिवकुमार सापकोटा र सदस्य सचिवमा पुस्तकालय समन्वय तथा अभिलेख शाखाका उपसचिव प्रेमराज अधिकारी तोकिएका छन्।

दिवसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सम्मान तथा पुरस्कार, प्रकाशन तथा सम्पादन, प्रचारप्रसार तथा सामाजिक र रचनात्मक क्रियाकलाप गरी चारवटा विषयगत समिति गठन गरिएको छ।

सहसचिव सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय सम्मान तथा पुरस्कार समिति, प्रेमराज अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय प्रकाशन तथा सम्पादन समिति, नेपाल सामुदायिक पुस्तकालय संघका महासचिव राजेन्द्रप्रसाद पाण्डेयको संयोजकत्वमा १० सदस्यीय प्रचारप्रसार समिति तथा पुस्तकालय परिचारक संगठन नेपालका अध्यक्ष यज्ञराज भट्टको संयोजकत्वमा १० सदस्यीय सामाजिक तथा रचनात्मक क्रियाकलाप समिति गठन गरिएको हो।

पुस्तकालय दिवसका अवसरमा प्रदेश, स्थानीय तह, शैक्षिक संस्था तथा पुस्तकालय क्षेत्रसँग सम्बन्धित संघसंस्थामार्फत विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ। प्रदेशस्तरमा कार्यक्रम सञ्चालन तथा समन्वयका लागि सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गरिनेछ।

स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई अनुरोध गरिने तथा आवश्यक सहजिकरणका लागि गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघलाई समेत अनुरोध गरिने भएको छ।

त्यस्तै, शिक्षा विकास तथा समन्वय एकाइलाई कार्यक्रम सञ्चालनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत तथा विश्वविद्यालय र उच्च शिक्षा प्रदायक संस्थालाई कार्यक्रम आयोजना गर्न विश्वविद्यालय अनुदान आयोगमार्फत अनुरोध गर्ने निर्णय गरिएको छ।

पुस्तकालयको विकास तथा विस्तारमा संलग्न छाता संस्था, गैरसरकारी संघसंस्था तथा अन्य सरोकारवाला निकायलाई पनि विभिन्न कार्यक्रम आयोजना गरी पुस्तकालय दिवस मनाउन अनुरोध गरिने भएको छ।

मूल आयोजक समितिले पुस्तकालय दिवसलाई औपचारिक समारोहमा सीमित नगरी पुस्तकालयप्रतिको आकर्षण बढाउने, पठन संस्कृतिको विकास गर्ने तथा ज्ञानमा नागरिकको पहुँच विस्तार गर्ने अभियानका रूपमा मनाउने जनाएको छ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  १ : १३ बजे

टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय तथा पर्यटकीय गतिविधि बन्द

बेइजिङ- टाइफुन डल्फिन चीनको पूर्वी तटतर्फ अघि बढेपछि अधिकारीहरूले उच्च सतर्कता

दलित समुदायका थर सूचीकरणअघि मन्त्रालयले माग्यो सुझाव 

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा

बैतडीका १७८ जनाले घरमै पाए राहदानी

बैतडी– सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी

वाग्मती सफाइ अभियान : आज चार मेट्रिकटन नकुहिने फोहर संकलन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

ढोरपाटनमा पुगे ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ– ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै गएको