ग्यास अभावबारे उद्योगमन्त्री यादवले गरिन् स्थलगत अनुगमन « Khabarhub

ग्यास अभावबारे उद्योगमन्त्री यादवले गरिन् स्थलगत अनुगमन


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बजारमा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले शनिबार विभिन्न ग्यास उद्योग तथा नेपाल आयल निगमको टेकुस्थित वितरण केन्द्रको स्थलगत अनुगमन गरेकी छन् ।

अनुगमनका क्रममा मन्त्री यादवले ग्यासको आपूर्ति तथा वितरण प्रक्रियाबारे जानकारी लिनुका साथै उपभोक्ताले सहज रूपमा ग्यास पाउने व्यवस्था तत्काल मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् ।

बजारमा ग्यासको अभाव देखिए पनि भारतबाट हुने ग्यासको आपूर्तिमा भने कुनै समस्या नरहेको नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक नागेन्द्र साहले बताए। उनले वितरण प्रणालीमा देखिएको समस्या समाधानका लागि आवश्यक काम भइरहेको र समस्या छिट्टै समाधान हुने दाबी गरे।

साहका अनुसार नेपालमा दैनिक करिब ९० हजारदेखि १ लाख ग्यास सिलिन्डरको माग हुने गरेकोमा हाल दैनिक करिब १ लाख ५० हजार सिलिन्डर बिक्री तथा वितरण भइरहेको छ। सहज आपूर्तिका लागि वाणिज्य विभागको १५ देखि २० जनाको टोलीसहित मन्त्री र सम्बन्धित अधिकारीहरू निरन्तर बजार अनुगमनमा खटिएको उनले जानकारी दिए।

यता, उपभोक्ताहरूले भने अझै पनि सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्। नेपाल आयल निगमको टेकुस्थित वितरण केन्द्रबाट समेत सहज रूपमा ग्यास पाउन नसकेको उपभोक्ताहरूको भनाइ छ।

निगमले भने उपभोक्तालाई रित्तो हात फर्किन नदिन वितरणको समय अवधि थप गर्ने तयारी गरेको जनाएको छ। त्यसका लागि थप जनशक्ति परिचालन गर्नुका साथै नियन्त्रण कक्षको समेत व्यवस्था गरिएको निगमले जनाएको छ।

निगमले फुल सिलिन्डरको बिक्री सुरु गरेसँगै बजारमा ग्यासको अभाव देखिएको हो। निगमले आपूर्ति पर्याप्त रहेको दाबी गरे पनि वितरण प्रणालीमा देखिएको अव्यवस्थाका कारण उपभोक्ताले भने अझै सास्ती स्याहार्नुपरेको छ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  १ : ४१ बजे

‘इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा’

एजेन्सी– इरान र ओमान बीच चलिरहेको वार्तामा सकारात्मक प्रगति भएको

लिङ्देनले भने- राप्रपा कार्यकर्ताको राजनीतिक भविष्यको जिम्मा म लिन्छु

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा

महाधिवेशनको प्रक्रिया केन्द्रीय समिति बैठकपछि अघि बढ्छ : सभापति थापा

भक्तपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय कार्यसमितिको बैठकपछि

टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय तथा पर्यटकीय गतिविधि बन्द

बेइजिङ- टाइफुन डल्फिन चीनको पूर्वी तटतर्फ अघि बढेपछि अधिकारीहरूले उच्च सतर्कता

दलित समुदायका थर सूचीकरणअघि मन्त्रालयले माग्यो सुझाव 

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा