बैतडीका १७८ जनाले घरमै पाए राहदानी « Khabarhub

बैतडीका १७८ जनाले घरमै पाए राहदानी


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बैतडी– सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी पुर्‍याउने सेवा प्रभावकारी बन्दै गएको छ । 

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् । जिल्ला हुलाक कार्यालयका प्रमुख प्रकाशसिंह कार्कीका अनुसार कार्यालयले २४८ राहदानी वितरणको लक्ष्य लिएकामा १७८ जनालाई उनीहरूका घरमै सेवा प्रदान गरिएको छ ।

 उनले भने, ‘बाँकी राहदानी पनि सम्बन्धित पालिकामार्फत सेवाग्राहीका घरमा पठाइसकेका छौँ ।’

जिल्लाका सबै स्थानीय तहमा सेवा पुगेको छ । नौ वटा पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा प्रवाह गरिएको उनले बताए। दशरथचन्द नगरपालिकामा जिल्ला हुलाक कार्यालयले नै सेवाप्रवाह गरिरहेको छ। 

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  १ : ५४ बजे

मनाङमा पहिरोका कारण ३३ केभी विद्युत् लाइन अवरुद्ध

काठमाडौँ– मनाङमा पहिरोका कारण विद्युत् लाइन अवरुद्ध भएको छ ।

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत