टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय तथा पर्यटकीय गतिविधि बन्द « Khabarhub

टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय तथा पर्यटकीय गतिविधि बन्द


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- टाइफुन डल्फिन चीनको पूर्वी तटतर्फ अघि बढेपछि अधिकारीहरूले उच्च सतर्कता अपनाएका छन्। आँधीको सम्भावित प्रभावलाई ध्यानमा राख्दै विद्यालय तथा पर्यटकीयस्थल बन्द गर्नुका साथै पानीमा सञ्चालन हुने गतिविधिसमेत रोकिएको छ।

अधिकारीहरूका अनुसार टाइफुन डल्फिनको अधिकतम निरन्तर हावाको गति करिब १६२ किलोमिटर प्रतिघण्टा पुग्न सक्ने अनुमान गरिएको छ। आँधीसँगै भारी वर्षा हुने सम्भावना रहेकाले बाढी तथा पहिरोको जोखिम बढेको भन्दै सतर्कता अपनाइएको हो।

टाइफुन आइतबार राति झेजियाङ प्रान्त तथा छिमेकी फुजियान प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान गरिएको छ। चीनको प्रमुख आर्थिक सहर साङ्घाई पनि आँधीको सम्भावित मार्गमा रहेको अधिकारीहरूले बताएका छन्।

आँधीको जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित अधिकारीहरूले तेस्रो तहको आपत्कालीन प्रतिक्रिया घोषणा गरेका छन्। चीनको चार तहको आपत्कालीन प्रतिक्रिया प्रणालीमा तेस्रो तह दोस्रो न्यून स्तर हो।

झेजियाङ प्रान्तका विभिन्न पर्यटकीयस्थल शनिबार र आइतबार बन्द गरिएको छ। साथै, फेरी तथा क्रुजलगायत पानीमा सञ्चालन हुने सबै गतिविधि रोकिएको छ।

प्रान्तको प्रमुख सहरमध्ये एक निङ्बोमा सप्ताहन्तभर विद्यालय तथा अन्य शैक्षिक संस्था बन्द गर्न आदेश दिइएको छ।

भारी वर्षा र तीव्र हावाबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि अधिकारीहरूले सुरक्षा तथा उद्धारसम्बन्धी तयारी तीव्र बनाएका छन्। सम्भावित जोखिम भएका क्षेत्रमा आवश्यक जनशक्ति तथा उद्धार सामग्री तयारी अवस्थामा राखिएको जनाइएको छ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  २ : ०६ बजे

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, नुवाकोटमा सबैभन्दा बढी क्षति

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एसिसी प्रिमियर कप : आज साउदीसँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको