‘इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा’ « Khabarhub

‘इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा’


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरान र ओमान बीच चलिरहेको वार्तामा सकारात्मक प्रगति भएको जनाउँदै वार्ता पछि रणनीतिक जलमार्ग स्ट्रेट अफ होमुर्ज पुनः खुल्ने एक अमेरिकी अधिकारीले बताएका छन्।  

नाम न छाप्ने सर्तमा अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले इरान र ओमान, जलमार्गको सिमानामा रहेका दुई राष्ट्रहरूबीचको सम्झौताले व्यावसायिक तेल ढुवानी पुनः सुरु गर्न अनुमति दिँदै अमेरिकाले चाँडै सम्झौता हुने अपेक्षा गरेको जनाएको छ । 

अधिकारीले व्यावसायिक ढुवानी पुनस्थापना गर्ने सम्झौता घोषणा भए पछि संयुक्त राज्य अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी हटाउनेसमेत बताएको रोयटर्सले उल्लेख गरेको छ । 

आगामी कदमहरू इरानले आफ्ना दायित्वहरू कसरी पूरा गर्छ भन्ने विषयमा निर्भर हुने कुरामा जोड दिँदै अधिकारीले  इरानले आफ्ना प्रतिबद्धताहरूको कार्यान्वयन गर्ने अमेरिकी अपेक्षा व्यक्त गरेका छन्  । 

यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको जलमार्ग संयुक्त राज्य अमेरिका र इरानबीचको वार्ता सम्भावित सम्झौताको नजिक पुग्दा इन्धनको मूल्य घट्न सक्ने आशा व्यक्त गरेका थिए ।  

फक्स न्यूजका अनुसार, वार्ताको प्रगतिले तेल ढुवानीका लागि विश्वको सबैभन्दा महत्त्वपूर्ण समुद्री व्यापार मार्ग होर्मुजलाई स्थिर बनाउन मद्दत गर्ने र वार्ता सफल भए पेट्रोलको मूल्य कम हुने आशा बढेको छ ।

राष्ट्रपति ट्रम्पले इरानले आणविक हतियार भण्डारण सुरक्षित गर्न नहुने अमेरिकी अडान  कायम राख्दै  ओभल अफिसमा पत्रकारहरूसँग इरानसँगको द्वन्द्व चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका थिए । केही सुरक्षा चिन्ताका विषयहरूमा अझै सहमति हनु बाँकी भए पनि छलफलमा सकारात्मक प्रगति भइ रहेको उहाँले बताए । 

होर्मुज जलमार्गमा निर्वाध आवागमनको सुरक्षा सुनिश्चितता कायम भए पछि अमेरिकी नौ–सेनाको नेतृत्वमा भएको नाकाबन्दी नियन्त्रण गर्ने तयारी गरिरहेको पनि उनले बताए ।

अर्को तर्फ, इरानका कार्यवाहक रक्षामन्त्री ब्रिगेडियर जनरल मजिद एबन–ए–रेजाले देशको सशस्त्र बलहरू कुनै पनि बाह्य खतराको सामना गर्न पूर्ण रूपमा तयार रहेको र इरानको सैन्य शक्ति यसको स्वदेशी रक्षा उद्योगमा निहित रहेको कुरामा जोड दिएको इरानको इराना समाचार एजेन्सीले जनाएको छ । 

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  २ : २७ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल