नियमित कोटाको रासायनिक मल वितरण सुरु « Khabarhub

नियमित कोटाको रासायनिक मल वितरण सुरु


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- कृषि सामग्री कम्पनी लिमिटेड, धनुषाले दोस्रो चरणअन्तर्गत नियमित कोटाको रासायनिक मल वितरण सुरु गरेको छ। धनुषा र महोत्तरीमा धान रोपाइँ अन्तिम चरणमा पुगेका बेला कम्पनीले डीएपी र युरिया मल वितरण थालेको हो।

मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको साउन ११ गतेको निर्णयअनुसार धनुषाका लागि ९७९ मेट्रिक टन डीएपी र ९२६ मेट्रिक टन युरिया तथा महोत्तरीका लागि ९३१ मेट्रिक टन डीएपी र ८८० मेट्रिक टन युरिया वितरण सुरु गरिएको कृषि सामग्री कम्पनी लिमिटेड, जनकपुरधामका सूचना अधिकारी बेचन साहले जानकारी दिए।

उनका अनुसार कम्पनीको वीरगञ्जस्थित प्रादेशिक कार्यालयबाट मल ढुवानी भएसँगै स्थानीय तहको सिफारिसका आधारमा जिल्लामा वितरण थालिएको हो।

मल वितरण सुरु भएसँगै केही समयदेखि देखिएको अभाव क्रमशः हट्दै गएको कम्पनीले जनाएको छ। साउनको दोस्रो सातामा थप युरिया र डीएपी प्राप्त भएपछि मलको आपूर्ति सहज भएको साहले बताए।

उनका अनुसार कृषि सामग्री कम्पनी लिमिटेड, जनकपुरधाममा हाल २.६ मेट्रिक टन युरिया मौज्दात रहेको छ।

सुनसरी र सिरहामा उत्पन्न घटनापछि स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु तथा निषेधाज्ञाका कारण केही दिन मल ढुवानी प्रभावित भएको थियो। त्यसका कारण जिल्लामा मल आपूर्तिमा केही समस्या देखिए पनि अहिले ढुवानी पुनः सञ्चालनमा आएकाले वितरण सहज हुँदै गएको साहले बताए।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ३ : १७ बजे

ओलीको खप्की खाएर ढलेका थपलिया भेट्न एमाले महासचिव शंकर पोखरेल पुगे वीर अस्पताल

काठमाडौं- पार्टी अध्यक्ष केपी शर्मा ओलीको खप्की खाएर ढलेका नेकपा

भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु 

नयाँदिल्ली– उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा शनिबार एउटा निजी बस

लोकतन्त्र पुनः स्थापनाका लागि अग्रगामी मोर्चा बनाएका हौं : प्रभु साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

सिनेटले गर्‍यो ट्रम्पका विश्वासपात्र टोड ब्लान्चलाई महान्यायाधिवक्तामा स्वीकृत

वाशिङ्टन– अमेरिकाको माथिल्लो सदन सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र टोड

राष्ट्रियता र विकासका सवालमा संविधान पक्षधर शक्ति एकजुट हुनुपर्छ : महासचिव पोखरेल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता, विकास र लोकतान्त्रिक