सिनेटले गर्‍यो ट्रम्पका विश्वासपात्र टोड ब्लान्चलाई महान्यायाधिवक्तामा स्वीकृत « Khabarhub

सिनेटले गर्‍यो ट्रम्पका विश्वासपात्र टोड ब्लान्चलाई महान्यायाधिवक्तामा स्वीकृत


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन– अमेरिकाको माथिल्लो सदन सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र टोड ब्लान्चलाई महान्यायाधिवक्तामा स्वीकृत गरेको छ । शनिबार सबेरै भएको मतदानपछि सिनेटले ब्लान्चलाई महान्यायाधिवक्तामा स्वीकृत गरेको हो ।

सिनेटमा सत्तारुढ रिपब्लिकन पार्टीको बहुमत छ । मतदानमा सहभागीमध्ये ५० जनाले ब्लान्चको पक्षमा मतदान गरेका थिए ।

४९ जनाले भने उनको विपक्षमा मत दिएका थिए । हरेक डेमोक्र्याटिक सिनेटरसँगै रिपब्लिकन पार्टीका तर्फबाट सिनेटमा मेन राज्यको प्रतिनिधित्व गर्ने सुजन कोलिन्स र अलास्काको प्रतिनिधित्व गर्ने लिसा मुर्कोवस्कीले ब्लान्चको विपक्षमा मत दिएका थिए ।

गत वर्ष दोस्रो कार्यकालका लागि सत्तामा आएयता राष्ट्रपति ट्रम्पको प्रशासनले दोस्रो महान्यायाधिक्ता पाउन लागेको हो । यसअघि महान्यायाधिवक्ता रहेकी पाम बोन्डीलाई राजीनामा दिन बाध्य पारिएको थियो ।

सिनेटले स्वीकृत गरेसँगै ब्लान्चले सामाजिक सञ्जालमा खुशी व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले आफूलाई गरेको विश्वासप्रति कृतज्ञ रहेको बताएका छन् । साथै आफूलाई साथ दिने हरेक सिनेटरलाई पनि उनले धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ३ : ४५ बजे

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक