सिनेटले गर्‍यो ट्रम्पका विश्वासपात्र टोड ब्लान्चलाई महान्यायाधिवक्तामा स्वीकृत « Khabarhub

सिनेटले गर्‍यो ट्रम्पका विश्वासपात्र टोड ब्लान्चलाई महान्यायाधिवक्तामा स्वीकृत


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन– अमेरिकाको माथिल्लो सदन सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र टोड ब्लान्चलाई महान्यायाधिवक्तामा स्वीकृत गरेको छ । शनिबार सबेरै भएको मतदानपछि सिनेटले ब्लान्चलाई महान्यायाधिवक्तामा स्वीकृत गरेको हो ।

सिनेटमा सत्तारुढ रिपब्लिकन पार्टीको बहुमत छ । मतदानमा सहभागीमध्ये ५० जनाले ब्लान्चको पक्षमा मतदान गरेका थिए ।

४९ जनाले भने उनको विपक्षमा मत दिएका थिए । हरेक डेमोक्र्याटिक सिनेटरसँगै रिपब्लिकन पार्टीका तर्फबाट सिनेटमा मेन राज्यको प्रतिनिधित्व गर्ने सुजन कोलिन्स र अलास्काको प्रतिनिधित्व गर्ने लिसा मुर्कोवस्कीले ब्लान्चको विपक्षमा मत दिएका थिए ।

गत वर्ष दोस्रो कार्यकालका लागि सत्तामा आएयता राष्ट्रपति ट्रम्पको प्रशासनले दोस्रो महान्यायाधिक्ता पाउन लागेको हो । यसअघि महान्यायाधिवक्ता रहेकी पाम बोन्डीलाई राजीनामा दिन बाध्य पारिएको थियो ।

सिनेटले स्वीकृत गरेसँगै ब्लान्चले सामाजिक सञ्जालमा खुशी व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले आफूलाई गरेको विश्वासप्रति कृतज्ञ रहेको बताएका छन् । साथै आफूलाई साथ दिने हरेक सिनेटरलाई पनि उनले धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ३ : ४५ बजे

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले