उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने « Khabarhub

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो नेतृत्वमा रहेको सरकारले अघि बढाइरहेको ‘उडान’लाई निर्धारित गन्तव्यमा सुरक्षित रूपमा पुर्‍याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले यात्राका क्रममा कहिलेकाहीँ मौसमका कारण जहाजमा टर्बुलेन्स ९हलचल० आउन सक्ने भए पनि त्यसलाई दुर्घटनाको संकेतका रूपमा बुझ्न नहुने बताए ।

सरकारको कामकारबाहीप्रति चिन्ता नगर्न आग्रह गर्दै उनले कठिन परिस्थितिलाई सामना गर्ने क्षमता आफूहरूको पार्टीसँग रहेको दाबी गरे ।

‘चिन्ता नगर्नुहोला, यो उडान जसलाई गन्तव्यमा लिएर हिँडेका छौं । कहिलेकाहीँ मौसमले गर्दा टर्बुलेन्स आउन सक्छ, तर हामी गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं । हामी छौं,’ लामिछानेले भने ।

अप्ठ्यारो परिस्थितिमा पनि त्यसलाई सम्हालेर अघि बढ्ने क्षमता रास्वपासँग रहेको उनको भनाइ थियो। पार्टीमा परिवर्तनका लागि केही गरौं भन्ने हुटहुटी बोकेका युवाहरू रहेको उल्लेख गर्दै उनले उनीहरूको सक्रियताले यात्रालाई सफल बनाउने दाबी गरे ।

‘अप्ठेरो पर्‍यो भने त्यसलाई सम्हाल्न सक्ने गार्जियनसिप हाम्रो पार्टीसँग छ । यो पार्टीमा तपाईंहरूजस्तै केही गरौं भनेर हुटहुटी बोक्नुभएका युवाहरू हुनुहुन्छ,’ उनले भने ।

लामिछानेले रास्वपा नेतृत्वको सरकारले आफूहरूले गरेको वाचाअनुसार काम गरिरहेको दाबीसमेत गरे । यात्राका क्रममा देखिने सामान्य अवरोधबाट आत्तिन नहुने भन्दै उनले असल नियतका साथ सरकार अघि बढिरहेको बताए ।

‘यात्रामा हिँडिरहँदा बाटोमा कहिलेकाहीँ बादलका टुक्रामा जहाज छिर्दा जहाज हल्लिन्छ । तर जहाज हल्लियो भन्दैमा लौ जहाज दुर्घटनामा पर्ने भयो कि भनेर डर मान्नुपर्ने पनि हुँदैन,’ उनले भने ।

सरकारले सही ढंगले र असल नियतका साथ काम गरिरहेको दाबी गर्दै लामिछानेले आफूहरूले सुरु गरेको यात्रालाई निर्धारित गन्तव्यसम्म पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याए ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ९ : ०३ बजे

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका