कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती « Khabarhub

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ। नियमित मार्ग अवरुद्ध भएपछि बेँसीसहरबाट काठमाडौँ जाने सवारीसाधन चितवन, हेटौँडा हुँदै दक्षिणकालीको वैकल्पिक बाटोबाट सञ्चालन भइरहेका छन्।

गत भदौ १४ गते कृष्णभीरमा सडक भासिएपछि ५ देखि ६ घण्टामा पूरा हुने यात्रा अहिले १२ देखि १३ घण्टासम्म लाग्ने गरेको छ। लामो र घुमाउरो बाटोका कारण समयसँगै यात्रुको खर्चसमेत ह्वात्तै बढेको छ। सडक अवरुद्ध हुनुअघि डिजेल माइक्रोको भाडा ९ सय र विद्युतीय (इभी) को ७ सय रुपैयाँ रहेकामा अहिले बढेर क्रमशः २ हजार र १ हजार ५ सय रुपैयाँ पुगेको छ। ठूला बसको भाडा पनि दोब्बरभन्दा बढी भएको छ।

यात्रा कष्टकर र महँगो बनेपछि यात्रु तथा सवारीसाधनको सङ्ख्यामा भारी गिरावट आएको छ। बेँसीसहर काउन्टरका अनुसार पहिले दैनिक ४० देखि ५० वटा माइक्रोबस काठमाडौँ जाने गरेकामा अहिले ५–७ वटामा सीमित छन्। त्यसैगरी दैनिक ५–६ वटा छुट्ने ठूला बस अहिले एउटा मात्र जाने गरेको छ।

सडक अवरोधको प्रत्यक्ष मार उपचारका लागि काठमाडौँ ‘रेफर’ हुने बिरामीलाई परेको छ। लमजुङ अस्पतालका सूचना अधिकारी अनिल रेग्मीका अनुसार कतिपय बिरामीलाई एम्बुलेन्समै घुमाउरो बाटोबाट काठमाडौँ पठाइएको छ भने जटिल अवस्थाका बिरामीलाई पोखरा पुर्‍याएर हेलिकप्टरमार्फत काठमाडौँ लैजानुपर्ने बाध्यता छ।

सडक डिभिजनले नियमित मार्ग सञ्चालनमा नल्याएसम्म लामो दूरी, बढेको भाडा र चिप्लो वैकल्पिक मार्गका कारण यात्रुहरूले अझै केही दिन सास्ती खेप्नुपर्ने देखिन्छ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ६ : ५८ बजे

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण