जेनजी आन्दोलनको एक वर्ष : शङ्कर पोखरेल भन्छन्- ‘घुसपैठ गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ’ « Khabarhub

जेनजी आन्दोलनको एक वर्ष : शङ्कर पोखरेल भन्छन्- ‘घुसपैठ गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ’


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा भएको हिंसात्मक घटनामा घुसपैठ गर्ने/गराउने योजनाकार तथा षड्यन्त्रकारीको पहिचान गरी कानुनी कारबाही गर्न माग गरेका छन्।

आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मङ्गलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले नवयुवाहरूको शान्तिपूर्ण प्रदर्शनलाई नियोजित रूपमा भड्काएर हिंसात्मक बनाइएको दाबी गरे।

आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली र घाइते तथा परिवारजनप्रति समवेदना व्यक्त गर्दै उनले युवाहरूले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, सहज सेवा प्रवाह र सामाजिक सञ्जालको निर्वाध प्रयोगजस्ता माग जायज र सबैको साझा सरोकारको विषय भएको उल्लेख गरे।

तत्कालीन एमाले नेतृत्वको सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध नलगाई नियमनका लागि दर्ताको नीति मात्र ल्याएको दाबी गर्दै उनले सरकारका तर्फबाट सो कुरा स्पष्ट पार्न नसक्दा नयाँ पुस्ता सडकमा आउन पुगेको स्वीकार गरे। “हिजो नवयुवाहरूको भावना र माग सम्बोधनमा केही कमजोरी रहन गएको भए त्यसमा सुधार गर्दै अघि बढ्न एमाले प्रतिबद्ध छ,” उनले लेखेका छन्।

महासचिव पोखरेलले वर्तमान सरकार जेनजी आन्दोलनको वास्तविक भावनाअनुसार नभई आन्दोलनलाई ‘हाइज्याक’ गर्नेहरूको योजना र प्रभावमा चलेको आरोपसमेत लगाएका छन्। घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनु, नवयुवाको भावनाको कदर गर्नु, सुशासनको प्रत्याभूति र विधिको शासन स्थापना गर्नु नै अहिलेको मुख्य आवश्यकता भएको उनको भनाइ छ। एमाले हिजो पनि नवयुवाको पक्षमा रहेको र भविष्यमा पनि उनीहरूसँगै मिलेर अघि बढ्ने उनले दाबी गरे।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ९ : २६ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा