जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ? « Khabarhub

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको छ । गत वर्ष भदौ २३ र २४ मा भएको आन्दोलनले पछिल्लो चार दशक सत्तामा रहेका नेता फेरिए, सरकार पनि फेरिएको छ ।

नयाँ व्यक्ति, नयाँ पात्र र नयाँ दल देशमा उदाएका छन् । तर, त्यही आन्दोलनमा प्रदर्शनकारीले आगजनी गर्दा क्षतिग्रस्त दर्जनौँ सरकारी संरचना अझै उस्तै छन् । 

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (पुरानो संसद् भवन), सडक विभाग, सिंहदरबार, सर्वोच्च अदालत, निजी व्यावसायिक प्रतिष्ठान, दूरसञ्चार सेवा प्रदायक, पार्टी कार्यालय, नेताका घर र व्यवसायमा अझै पनि आन्दोलनमा भएको आगजनीका धब्बा मेटिएको छैन ।

भौतिक र आर्थिक क्षतिबाहेक राज्यको अभिलेखमा भएका कागजात पुनःप्राप्ति गर्न नमिल्ने गरेर ध्वस्त भए जसको असर दीर्घकालसम्म रहने छ । आन्दोलनमा क्षतिग्रस्त सरकारी कार्यालय कतिले पुरानै भवन मर्मतसम्भार गरेर प्रयोग गरेका छन् कति नयाँ ठाउँमा सरेका छन् ।

१९६० सालमा निर्मित सिंहदरबार पनि प्रदर्शनकारीको निशानामा परेको थियो । १ हजार ७ सय कोठा भएको सिंहदरबार प्रशासनिक केन्द्रको रूपमा आगजनीपछि पनि प्रयोगमै छ । तर, यहाँका मन्त्रालयका कतिपय अभिलेख भने जलेका छन् ।

जेन–जी आन्दोलनका कारण प्रभावितमध्ये जिल्ला, उच्च र सर्वोच्च अदालत सेवा प्रवाहमा फर्किएका छन् । तर, जेनजी आन्दोलनकै कारण न्यायलयमा मुद्दा फस्र्योट नै प्रभावित छ । आर्थिक वर्ष २०८१/८२ भन्दा आर्थिक वर्ष २०८२/८३ मा मुद्धा फस्र्योट १० प्रतिशत कम भएको छ । 

आर्थिक वर्ष २०८१/८२ मा ६५.६९ प्रतिशत मुद्दा फर्स्यौट भएकोमा गत आर्थिक वर्षमा ५५ प्रतिशत मुद्दा फर्स्यौट भएका थिए । जेन-जी आन्दोलनको क्रममा अदालतका ९ लाख ३६ हजार मिसिल तथा कागजात जलेको अभिलेख छ ।

चीन सरकारको सहयोगमा २०५० सालमा निर्मित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पछिल्लो एक वर्षदेखि भग्नावशेष छ । खास यो केन्द्र ठूला गोष्ठी, सभा, सम्मेलन गर्नका लागि बनाइएको थियो । 

पहिलो संविधानसभामा ६०१ सदस्य निर्वाचित भएको र यति ठूलो संख्यामा बैठक बस्ने अर्को ठाउँ भएन । यसकारण सम्मेलन केन्द्रलाई संसद भवन बनाइयो । नयाँ संसद भवन बनेन । जसका कारण झण्डै १८ वर्षसम्म सम्मेलन केन्द्रले संसद भवनको पहिचान पायो ।

जेन–जी आन्दोलनमा सहभागी धेरैलाई यो केन्द्र स्थापनाको उद्देश्य र इतिहास थाहा भएन । उनीहरूलाई यो संसद् भवन हो भन्ने थाहा थियो । जसका कारण आन्दोलनको क्रममा अर्ब खर्चेर बनाइएको यो महत्वपूर्ण संरचनामा आगजनी गरे । 

आजभन्दा साढे तीन दशकअघि १ अर्ब १५ करोड रुपैयाँ लगानीमा सम्मेलन केन्द्र बनाइएको थियो । आगजनीपछि संसद बैठक सिंहदरबारभित्र चल्न थालेको छ, तर संसदको पहिचान बनाएकै कारण सम्मेलन केन्द्र खरानी बनेको छ ।

एमाले, कांग्रेस र माओवादी पार्टी कार्यालयमा पनि प्रदर्शनकारीले आगजनी गरेका थिए । पार्टी कार्यालय मर्मतसम्भारपछि प्रयोगमा आइसकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र शीर्ष दलका धेरै नेताका घर खोजीखोजी आगजनी गरिएको थियो ।

करिब ३ अर्ब लगानीमा निर्मित भैँसेपाटीस्थित मन्त्री आवास प्रयोगमा आएको एक वर्षमै आगजनीमा परेको थियो । २७ वटा भवन फेरि पुनःर्निर्माणकै चरणमा छ । आन्दोलनपछि फेरि ४० करोड रुपैयाँ खर्चेर असोज मसान्तसम्मसक्ने गरी पुनर्निर्माण, इन्टेरियर, फर्निसिङको काम भइरहेको छ ।

तस्बिरमा हेर्नुहोस्, आन्दोलनमा क्षतिग्रस्त सरकारी, निजी संरचनाको तत्कालीन र वर्तमान अवस्था : 

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ११ : ०३ बजे

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा

बाजुराको साँफे–मार्तडी सडक सञ्चालन

बाजुरा– पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे-मार्तडी सडक सञ्चालनमा आएको

जापानी चिप रसायनमा चीनले लगायो ९९.२ प्रतिशतसम्म एन्टि–डम्पिङ शुल्क

बेइजिङ- चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मंगलबारदेखि

इरानसँग युद्ध जिते तेल सस्तो हुने ट्रम्पको दाबी

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्त : स्थानीयलाई मर्का

बनेपा– सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना सुस्त गतिमा अघि बढ्दा स्थानीयवासीलाई भने