बाजुराको साँफे–मार्तडी सडक सञ्चालन « Khabarhub

बाजुराको साँफे–मार्तडी सडक सञ्चालन


२३ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बाजुरा– पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे-मार्तडी सडक सञ्चालनमा आएको छ ।
    
गत शनिबारदेखिको अविरल वर्षापछि उक्त खण्डको विभिन्न ठाउँमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध रहेकोमा केहीबेर अघिदेखि सञ्चालनमा आएको हो । स्थानीय बडीमालिका नगरपालिका वडा नं ६, ८ र ९ का विभिन्न स्थानमा पहिरो गएसँगै उक्त सडक पूर्ण रुपमा यातायात ठप्प भएको थियो । 

आइतबारदेखि सडक विभागका दुईवटा जेसिबी प्रयोग गरी पहिरो पन्छाएर आजदेखि सडक सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार सदरमुकाम नजिकै कारागार मोड, सेलागाड, सुवाकाँध, राप्का, बिरेखोलालगायतका स्थानमा पहिरो खसेको र लगातारको वर्षाले हटाउन समस्या हुँदा सडक सुचारु गर्न केही ढिलाइ भएको हो । 

सडक सञ्चालनमा आएसँगै सदरमुकाम मार्तडीबाट आवतजावत गर्ने लामो तथा छोटो दुरीका सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । कारागार मोड नजिकै सडकमा ठूलो ढुङ्गा खसेका कारण त्यो पन्छाउन नसक्दा बस र ट्रकलगायतका ठूला सवारीसाधन भने चल्न सकेका छैनन् ।

 जिल्ला प्रहरी कार्यालयकाअनुसार सो ठाउँमा मेसिन लगाएर अहिले मर्मत कार्य भइरहेको छ । 
  

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  १२ : ३३ बजे

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार

बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी

काठमाडाैँ – दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले