चेपाङ समुदायले घरघरमै मनाए न्वागी « Khabarhub

चेपाङ समुदायले घरघरमै मनाए न्वागी


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

भोटेकोशी बाढी पहिरोका कारण देशलाई पीडा परेको भन्दै सो समुदायले आ–आफ्नो घरमा गच्छेअनुसार चाढ मनाए । विगतका वर्षहरूमा भने न्वागी सामूहिक रुपमा एकजुट भएर मनाइन्थ्यो । 

चेपाङ समुदायले न्गागीलाई आफ्नो प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व मान्दै आएको छ । हरेक वर्ष भदौ २२ गते विशेष रूपमा मनाइने न्वागी यस वर्ष तडकभडक र औपचारिक कार्यक्रम नगरी परिवार र आफन्तबीच परम्परागत विधिअनुसार मनाइएको नेपाल चेपाङ सङघले जनाएको छ ।
 
 सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले विगतका वर्षमा सामूहिक न्वागी मनाइने गरे पनि यस वर्ष देशको अवस्थालाई ध्यानमा राख्दै औपचाचिरक कार्यक्रमको आयोजना नगरिएको बताए। 

उनले भने, ‘तडकभडक नगरी यसवर्ष न्वागी आ–आफ्नो घरमा मनायौँ । देशमा भएको घटनाले गर्दा हामीले सामूहिक कार्यक्रम गरेनौँ ।’ 
    
उहाँका अनुसार न्वागीको धार्मिक तथा सांस्कृतिक विधि भने घरघरमै निरन्तरता दिइएको हो । चेपाङ समुदायका लागि भदौ महिना विशेष मानिने र भदौभरि नै आफ्नो अनुकूल समयमा न्वागी मनाउने चलन छ । 

यो समुदायमा नयाँ अन्नबाली र फलफूल पाक्न थालेपछि प्रकृति, भूमि र पितृलाई चढाएर मात्र उपभोग गर्ने परम्परासँग न्वागी जोडिएको छ । पाखापखेरामा लगाइएका मकै, घैया धानलगायत नयाँ अन्नबाली तथा विभिन्न फलफूल पाक्ने यही समयमा घरघरमा धार्मिक तथा सांस्कृतिक विधि सुरु हुने गर्छन् ।
 
न्वागीको अघिल्लो रात चेपाङ समुदायका झाँक्री (पान्दे) ले फलाक्ने, जाग्राम बसेर पूजा गर्ने, पितृको स्मरण गर्ने र पितृ बोलाउने परम्परा छ ।  त्यसपछि नयाँ उब्जनी भएका अन्न तथा फलफूल पितृ र देवतालाई चढाइन्छ । पूजापछि पान्देले आशीर्वाद दिने चलन छ । 
    
न्वागीमा घैया  आवश्यक पर्ने र त्यसबाहेक गाभा, पिँडालु, घिरौँला, निबुवा, कागतीलगायत नयाँ उब्जनी भएका फलफूल तथा तरकारी चढाइने गरिन्छ । नयाँ अन्नबाली भूमि र पितृलाई अर्पण गरेपछि मात्र खाने परम्परा  छ । 
 
सङ्घका  महासचिव सन्तबहादुर चेपाङले यस वर्ष कुनै औपचारिक कार्यक्रम नगरिएको र घरघरमै न्वागी मनाइएको बताए ।

‘यसपालि हामीले सामूहिक कार्यक्रम गरेनौँ । आ–आफ्नो घरमा आफन्त भेटघाट गरेर मिठोमसिनो खाँदै न्वागी मनाइरहेका छौँ ।’

 उनका अनुसार न्वागी चेपाङ समुदायको परम्परागत पर्व भएकाले मनाउनैपर्ने भए पनि देशलाई आपत परेका बेलामा गत वर्ष जस्तो यसवर्ष उत्साहका साथ नमनाइएको बताए।

न्वागीमा नयाँ धान, चामल तथा फलफूल भूमि पूजा गरी पितृलाई चढाएपछि मात्र खान मिल्ने परम्परा छ । 

सदस्य दीपा चेपाङले यस वर्षका लागि तय गरिएको सामूहिक कार्यक्रम बाढीका कारण हुन नसकेको बताउँदै घरघरमै विधिपूर्वक न्वागी मनाइएको जानकारी दिए । 
 
इच्छाकामना गाउँपालिका–२ मायाटारका शिक्षक पदमबहादुर प्रजाले पनि यस वर्ष उत्साहका साथ न्वागी मनाउने वातावरण नरहेको बताए। न्वागी चेपाङ समुदायको मुख्य चाड भएकाले यसको निरन्तरता र भावी पुस्तामा यसको महत्व हस्तान्तरण गर्न पर्व मनाउन आवश्यक रहेको छ । 

 चेपाङ समुदाय प्रकृति र धर्तीपूजक समुदाय हुन् । घैया धान, मकै, पिँडालु, गाभा, फलफूललगायत नयाँ उब्जनी पाकेपछि भूमि र पितृलाई चढाएर खाने परम्परा चेपाङ्ग समुदायमा पाइन्छ । 

भदौभरिनै अनुकूल समयमा न्वागी मनाउने चलन छ । ‘भदौको बिस बाइस’ भन्ने परम्पराअनुसार भदौ २२ लाई न्वागीको मुख्य दिनका रूपमा मान्ने गरिएको पाइन्छ । 

नयाँ पुस्तामा न्वागीको महत्व क्रमशः घट्दै गएको र समुदायभित्र धर्म परिवर्तनका कारण मौलिक धर्म र संस्कृति लोप हुने अवस्था देखिन थालेको भन्दै समुदाय एकजुट भएर आफ्नो धर्म, संस्कृति र परम्परा जोगाउनुपर्नेमा जोड दिए ।
 

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  १२ : ४७ बजे

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि सरकारलाई पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी

ऋषि भन्छन् : ओली नेतृत्वको सरकारले हाम्रा होनहार युवाहरूलाई गोली हानेर हत्या गर्‍यो

काठमाडौं– पत्रकार ऋषि धमलाले जेन-जी आन्दोलनका क्रममा दमन गर्नेहरूमाथि तत्काल कारबाही

नेपाली भूमिमा भारतीय गाउँको नाम लेखिएको बोर्ड, सच्याउन माग

दार्चुला- दार्चुलाको महाकाली नगरपालिका–८ असिगडास्थित नेपाल–भारत जोड्ने मोटरेबल पुलको नेपालतर्फ

‘कार्की साइँला’मा भरियाको भूमिकामा जितु नेपाल

काठमाडौं – कलाकार जितु नेपाल शीर्ष भूमिकामा रहेको फिल्म ‘कार्की

इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च

एजेन्सी- इरान युद्ध र महत्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा