सरकारविरुद्ध नाराबाजीपछि पक्राउ परे जेन-जी आन्दोलनका घाइते « Khabarhub

सरकारविरुद्ध नाराबाजीपछि पक्राउ परे जेन-जी आन्दोलनका घाइते


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित एक कार्यक्रममा सरकारको विरोध जनाएपछि जेन-जी आन्दोलनका घाइते पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गृहमन्त्री तथा अन्य मन्त्रीहरूको सहभागिता रहेको कार्यक्रममा खड्काले सरकारले आन्दोलनका घाइतेका लागि पर्याप्त काम नगरेको भन्दै विरोध जनाएका थिए। आफूलाई आफ्ना कुरा राख्न दिनुपर्ने माग गर्दै उनले कार्यक्रममा आवाज उठाएपछि सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ।

खड्का जेन-जी आन्दोलनका क्रममा घाइते भएका व्यक्ति हुन्। कार्यक्रममा उनले आन्दोलनका घाइते तथा प्रभावितका विषयमा सरकारको ध्यानाकर्षण गराउने प्रयास गरेका थिए।

घटनापछि सुरक्षाकर्मीले उनलाई कार्यक्रमस्थलबाट बाहिर निकालेर नियन्त्रणमा लिएको जनाइएको छ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  १ : ४३ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक