सरकारलाई जेन-जी घाइतेकी आमाको प्रश्न- मेरो छोराको अप्रेशन कहिले हुन्छ ? « Khabarhub

सरकारलाई जेन-जी घाइतेकी आमाको प्रश्न- मेरो छोराको अप्रेशन कहिले हुन्छ ?


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  जेन-जी आन्दोलनका घाइते अनिश सापकोटा अहिले उपचारका क्रममा छन् । 

उनको देब्रेपट्टि आँखा भन्दा तलको जोर्नी पुरै फ्याक्चर भएर सामान्य तरिकाले मात्रै सिलाएर राखिएको छ  । उनको  अप्रेशन गर्न आफू भौँतारिरहेको उनकी आमा अम्बिका सापकोटाले बताइन् । 

‘भित्र दाँत मोल्न पनि भइराखेको छैन । क्यान्सर हुन्छ कि भन्ने डर भइसकेछ । अहिले अब अप्रेशन गर्दा धेरै खर्च लाग्छ । अलिकति आँखाको जोर्नी तल झरिसकेको छ ।’ उनले भनिन्, ‘उसको बाबा, मेरो कान्छो छोरा सत्र दिनको हुँदा छोडेर जानुभयो । तीन छोराहरुको नागरिकताहरू केही छैन । यिनीहरूको पाउनु पर्ने अधिकारहरू अहिले अब भत्तै आउँथ्यो होला घाइतेको, त्यो पनि छैन । लाइसेन्स छैन ।’

जेन-जी आन्दोलनका क्रममा घाइते भएका १८ वर्षीय छोराको उपचारका लागि सरकारले सहयोग गर्नुपर्ने भन्दै उनले आग्रह गरेकी छन् ।

उनले राहत तथा उपचार खर्चका लागि वडा कार्यालयसहित विभिन्न निकायबाट आवश्यक सिफारिस र मुचुल्का तयार पारेर पटक पटक धाएको बताइन् । 

घाइते छोराको उपचारमा यसअघि १३ देखि १५ लाख रुपैयाँसम्म खर्च भएको र अब हड्डी जोड्न तीन वटा शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएको उनको भनाइ छ ।

उनका अनुसार घाइते छोरा कक्षा १२ उत्तीर्ण गरेपछि काम गर्न थालेका थिए । तर शरीरमा लागेको चोटका कारण भारी उठाउन नसक्ने र काम गर्न नसक्ने अवस्थामा पुगेपछि अहिले घरमै राखिएको छ ।

‘जेन-जी आन्दोलनमा रगत बग्यो, परिवर्तन त भयो तर जेन-जी घाइतेहरूका लागि केही भएन,’ उनले भनिन्, ‘सरकारले उपचार खर्च वा रोजगारीको व्यवस्था गरिदिनुपर्छ।’

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  १ : ४५ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक