कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि पत्र « Khabarhub

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि पत्र


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी हल, लवी, पार्किङ स्थल तथा बगैँचा उपलब्ध गराउन माग गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालयले राष्ट्रिय सभागृहलाई पत्र पठाउँदै महाधिवेशनको तयारी, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनका लागि असोज १५ गतेदेखि २० गतेसम्म ६ दिनका लागि उक्त स्थानहरू उपलब्ध गराइदिन अनुरोध गरेको हो।

कांग्रेसले १५औँ महाधिवेशन असोज १६, १७, १८ र १९ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरिसकेको छ। तत्कालीन सभापति शेरबहादुर देउवा पक्षको असन्तुष्टि बढेका बेला कांग्रेसले महाधिवेशन निर्धारित मितमै गर्ने तयारी अघि बढाएको हो ।

महाधिवेशनजस्तो महत्वपूर्ण राष्ट्रिय राजनीतिक कार्यक्रमको सफल तथा व्यवस्थित आयोजनाका लागि राष्ट्रिय सभागृहबाट आवश्यक सहयोग, समन्वय तथा सहजीकरण प्राप्त हुने विश्वाससमेत कांग्रेसले व्यक्त गरेको छ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले पत्रमार्फत राष्ट्रिय सभागृहका प्रमुखलाई उक्त स्थानहरू ‘नेपाली कांग्रेस केन्द्रीय कार्यालय’को नाममा उपलब्ध गराई बुकिङ गरिदिन अनुरोध गरेका हुन्।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  २ : १४ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका