‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’ « Khabarhub

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण पार्टी कमजोर भएको बताएका छन् ।

पार्टीका नेता–कार्यकर्ता जनपरिचालनभन्दा प्रमुख जिल्ला अधिकारी (सीडीओ), प्रहरी र प्रशासकीय अधिकृतको सरुवामा केन्द्रित हुँदा जनतासँगको सम्बन्ध टुटेको उनले बताएका छन् ।

पार्टीको मधेस प्रदेश कमिटीले आयोजना गरेको ‘मिसन जागरण अभियान’को अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपमहासचिव ज्ञवालीले पार्टी नेताहरू सरकारी र राजर्षिपनको कार्यशैलीमा रमाउँदा एमाले कमजोर भएको बताए ।

‘एमाले जनपरिचालन गर्ने पार्टी हो तर हाम्रो कार्यशैली सरकारी भयो । राजर्षी भयो,’ ज्ञवालीले भने, ‘हाम्रो ध्यान सीडीओ सरुवा, प्रहरी र प्रशासकीय अधिकृतको सरुवातिर केन्द्रित भयो । यसले पार्टी नेतालाई जनतासँग टाढा पुर्‍यायो । यो कुरा आजैका मितिबाट सुधार हुन जरुरी छ ।’

ज्ञवालीले फागुन २१ मा भएको निर्वाचनमा एमालेको कमजोर नतिजा आउनुमा पार्टीभित्रको आन्तरिक एकताको गडबडी पनि मुख्य कारक रहेको बताए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता विवाद, समूह–उपसमूहको निर्माण तथा निर्वाचनमा एकताबद्ध भएर जान नसक्दा अहिलेको अवस्था आएको उनको भनाइ छ ।

‘गतवर्षको भदौ २३ गतेसम्म एमाले ठूलो र बलियो पार्टी थियो । तर यसवर्षको भदौ २३ मा एमाले कमजोर पार्टी भएको छ,’ ज्ञवालीले भने, ‘यो अवस्था आउनुमा पार्टी जनताका मुद्दाबाट टाढिएको परिणाम हो । जसले गर्दा संविधान मिचिँदा होस् वा पार्टी नेतामाथि सरकारले ज्यादती गर्दा पनि जनता सडकमा आएनन् ।’

ज्ञवालीले २०७९ को निर्वाचनपछि जनताले एमालेलाई सत्ताभोगी पार्टीका रूपमा बुझ्न थालेको बताए । २०७९ देखि २०८२ सम्म आइपुग्दा एमालेले चार पटक सत्ता समीकरण बदलेको उनले बताए ।

‘२०७९ देखि ०८२ सम्म एमालेले चार पटक सत्ता समीकरण बदल्यो । पहिला प्रचण्डलाई प्रधानमन्त्री बनायो । केही महिनामै त्यो सरकार छोड्यो । फेरि प्रचण्डलाई नै प्रधानमन्त्री मानेर सरकारमा सहभागी भयो,’ ज्ञवालीले भने, ‘सरकारमा भित्रिने वा बाहिरिने कारण हामीले जनतालाई भनेनौँ । आखिर प्रचण्ड सुध्रिएर हामी सत्तामा गएका थियौँ कि हामी सुध्रिएर ? यसको जवाफ अझै पनि जनताले खोजेका छन् ।’

प्रचण्ड नेतृत्वको सरकारबाट हठात् बाहिरिएर कांग्रेससँग सहकार्य गर्दा जनतामा ज्यादै नकारात्मक सन्देश गएको पनि उनले बताए ।

एमालेले अब जनताका समस्याको पहिचान, उठान र समाधान दिनुपर्ने ज्ञवालीको भनाइ छ । पार्टीको भेला महोत्तरीको लालगढमा जारी छ ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  २ : २० बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका