चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो « Khabarhub

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो खेप काठमाडौं आइपुगेको छ ।

मंगलबार दिउँसो चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२०ए ठूलो क्षमताको ढुवानी विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।

राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी भएका थिए ।

चीनले यसपटक पठाएको राहत सामग्रीमा मुख्यतः उद्धारका लागि प्रयोग हुने होभरक्राफ्ट, स्टेनलेस स्टिलका स्थायी चुम्बकीय बाढी पम्प, अतिरिक्त ब्याट्री, शव राख्ने फ्रिजर तथा सौर्य ऊर्जाबाट चल्ने बत्ती छन् ।

नेपालका सबैभन्दा तत्काल आवश्यकतालाई ध्यानमा राखेर सामग्रीहरू छनोट गरिएको जनाइएको छ । यी सामग्रीले विपद् प्रभावित क्षेत्रमा जारी आपत्कालीन उद्धार तथा त्यसपछिका कार्यमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा छ ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  २ : ३२ बजे

ओलीको चेतावनी- पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन 

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता, अनुशासनहीनता र

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने

रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

रसुवा– भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्पछि सिर्जित जटिल