तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस् « Khabarhub

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका छन् । नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित जेन-जी सहिद दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

आन्दोलनका क्रममा जोखिम मोलेर काम गर्ने र घाइते भएका पत्रकारप्रति उच्च सम्मान रहेको उल्लेख गर्दै गृहमन्त्री गुरुङले केही पत्रकारलाई लक्षित गरी सुध्रिन आग्रह गरेका हुन् । उनले ती तीन चार जना पत्रकारको नाम भने लिएनन् ।

सम्बोधनका क्रममा उनले भाद्र २३ गतेको आन्दोलनमा ज्यान गुमाएका सहिद, घाइते र उनीहरूका परिवारप्रति ऐक्यबद्धता जनाउँदै आफूले पाएको मन्त्री पद सत्ता र शक्तिको घमण्ड नभई जनताले दिएको ठूलो जिम्मेवारी भएको बताए ।

पुराना राजनीतिक दलहरूलाई इतिहास फेर्ने कोसिस नगर्न चेतावनी दिँदै उनले आफूहरू सत्ताको लोभमा नभई सुशासनका लागि आन्दोलनमा उत्रिएको स्पष्ट पारे । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धता जनाउँदै उनले भ्रष्टाचार भएको थाहा पाए आफू तीन करोड जनताका तर्फबाट लड्ने दाबी गरे ।

नयाँ पुस्ताको यो सरकार परम्परागत संस्कार बदल्न र जनताको सेवा गर्न आएको उल्लेख गर्दै उनले कुनै पनि हालतमा परिवर्तनको आशा मर्न नदिने बताए । साथै, सुरक्षा निकायलाई कुनै राजनीतिक दबाब नदिई निष्पक्ष रूपमा काम गर्न स्वतन्त्र छाडिएको जानकारी गराउँदै उनले सुरक्षाकर्मीहरूको मनोबल उच्च राख्दै देश निर्माणको यात्रामा निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ३ : ४७ बजे

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण