विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : यादव « Khabarhub

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : यादव


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण गर्ने जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् ।

जनता समाजवादी पार्टी नेपाल जिल्ला समितिले आज कपिलवस्तुमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादवले बाढी तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापना र संरक्षणको व्यवस्था गर्न सरकारसँग आग्रह गरे।

उनले विपत्तिका कारण घरबारविहीन तथा सहाराविहीन बनेका नागरिकको जीवनयापन सहज बनाउन सरकारले प्रभावकारी पुनःस्थापना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। राहत वितरणमा मात्र सीमित नभई प्रभावित नागरिकलाई दीर्घकालीन रूपमा सुरक्षित र व्यवस्थित बसोबासको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।

अध्यक्ष यादवले ठूला देशहरूले गरेका गल्ती तथा गतिविधिको असर नेपालजस्ता साना देशले समेत व्यहोर्नुपरेको उल्लेख गर्दै विपत्तिबाट प्रभावित नागरिकका पक्षमा न्याय र क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय तहमा आवाज उठाउनुपर्ने बताए।

यस विषयमा नेपालले संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो धारणा सशक्त रूपमा प्रस्तुत गर्नुपर्ने उनले बताए।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका जिल्ला तथा स्थानीय तहका नेता, अगुवा कार्यकर्ता तथा पार्टीका विभिन्न तहका प्रतिनिधिको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ५ : ५८ बजे

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्