भारत–बङ्गलादेश रेलसेवा पुनः सञ्चालनबारे वार्ता « Khabarhub

भारत–बङ्गलादेश रेलसेवा पुनः सञ्चालनबारे वार्ता


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

ढाका– भारत र बङ्गलादेशले स्थगित यात्रु रेलसेवा पुनः सञ्चालन गर्ने विषयमा तीनदिने अन्तर–सरकारी रेलवे बैठक (आइजिआरएम) मार्फत वार्ता थालेका छन् ।

बङ्गलादेश रेलवेका अतिरिक्त महानिर्देशक (सञ्चालन) मोहम्मद नजमुल इस्लामले यात्रु रेलसेवा कहिले र कुन–कुन मार्गमा पुनः सञ्चालन गर्ने भन्ने निर्णय बैठकपछि मात्र हुने बताए। 

उनका अनुसार मैत्री एक्सप्रेस, बन्धन एक्सप्रेस र मिताली एक्सप्रेस सन् २०२४ अगस्टदेखि स्थगित छन् । मालवाहक रेलसेवा भने निरन्तर सञ्चालनमा छ ।

बैठकमा भारतीय रेलवे बोर्डका सदस्य (ट्राफिक) सहितका अधिकारी तथा बङ्गलादेशका उच्च पदस्थ अधिकारी र मन्त्रालयका प्रतिनिधि सहभागी छन् । बैठकमा वित्तीय हिसाब, बक्यौता, सीमापार रेल आवागमन, परिचालन दक्षता, रेलका साधन तथा पूर्वाधार विकासलगायत विषयमा छलफल भइरहेको छ ।

सन् २०२४ मा शेख हसिनाको सरकार अपदस्थ भएपछि भारत–बङ्गलादेश सम्बन्धमा तनाव बढेसँगै यात्रु रेलसम्पर्क प्रभावित भएको थियो । सन् २०२६ फेब्रुअरीमा बङ्गलादेशमा नयाँ सरकार गठन भएपछि सम्बन्ध सुधार र आवागमन सहज बनाउने प्रयास अघि बढेको छ ।

भारतले जुन २७ देखि बङ्गलादेशी नागरिकका लागि पर्यटक भिसा पुनः जारी गर्न थालेपछि यात्रु रेलसेवा पुनः सञ्चालनको मागसमेत बढेको छ । यही विषयलाई आईजीआरएम बैठकको प्रमुख एजेन्डा बनाइएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ६ : २५ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक