जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न « Khabarhub

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले जेन्जी आन्दोलनका सहिदको मञ्चमा विवादित धर्मगुरुहरूलाई अगाडि राखेर मन्त्रीहरूलाई पछाडि राखिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

सांसद सिंहले सरकारले जेन्जी सहिदको सम्मान गर्ने कार्यक्रममा विवादित धर्मगुरुहरूलाई प्राथमिकता दिएर संविधान र समावेशिताको मर्ममाथि नै प्रश्न उठाउने काम गरेको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रश्न गर्दै भनेका छन्, ‘विवादित धर्मगुरुहरूलाई जेन्जी सहिदको मञ्चमा अगाडि राखेर मन्त्रीहरूलाई पछाडि राखेर सरकारले के भन्न खोजेको छ ?’

सिंहले यस्तो व्यवस्थाले संविधान र समावेशी व्यवस्थाको धज्जी उडाउने काम भएको दाबी गरेका छन् । देशका लागि सही काम गर्ने तथा योगदान पुर्‍याउने व्यक्तिहरूलाई पाखा लगाएर विवादमा रहेका व्यक्तिहरूलाई अगाडि सार्नुले सरकारको प्राथमिकतामाथि नै प्रश्न उठाएको उनको भनाइ छ ।

उनले सरकार आफ्नै निर्णयमा टिक्न नसकेको र पटक–पटक विवादमा पर्ने काम गरिरहेको आरोपसमेत लगाए । सरकारका पछिल्ला निर्णय र गतिविधिले जनतामा गलत सन्देश जाने भन्दै सिंहले यस्तो कार्यलाई छुट दिन नसकिने चेतावनी दिएका छन् ।

‘संविधान, समावेशीताको धज्जी उडाउने र देशका लागि सही काम गर्नेहरूलाई पाखा लगाउने यो सरकार के सन्देश दिन खोजेको छ ?’ सिंहले प्रश्न गरेका छन् ।

उनका अनुसार सरकारका सार्वजनिक कार्यक्रम तथा निर्णयहरू संविधानको भावना, समावेशिता र जनताको अपेक्षाअनुकूल हुनुपर्नेमा त्यसविपरीत गतिविधि भइरहेको छ । विवादित व्यक्तिहरूलाई प्राथमिकता दिने र आफ्नो निर्णयमा स्थिर रहन नसक्ने प्रवृत्तिले सरकारप्रतिको विश्वास कमजोर बनाउने उनको तर्क छ ।

सिंहले आफ्नै निर्णयमा टिक्न नसक्ने तथा विवादै विवादमा पर्ने गतिविधि गरिरहेको सरकारलाई त्यस्ता कामका लागि छुट नरहेको बताएका छन् । उनले सरकारका गतिविधिमाथि निरन्तर प्रश्न उठाउँदै जवाफदेही बन्नसमेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ९ : ५४ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका