तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस « Khabarhub

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस


२३ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको केन्द्र मुस्ताङको लोमान्थाङ आसपास भएको भूकम्प मापन केन्द्रका विज्ञ लोक विजय अधिकारीले जानकारी दिए।

युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरका अनुसार भूकम्प बुधबार राति गएको हो। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो।

भूकम्पको धक्का तिब्बतसँगै नेपालको मनाङ, बागलुङसँगै धौलागिरि रेन्ज तथा काठमाडौँलगायत जिल्लामा भएको थियो। भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने सार्वजनिक भएको छैन।

ईएमएससीले भूकम्पको तीव्रता ५.३ म्याग्निच्युड रहेको जनाएको हो। तिब्बत भूकम्पीय जोखिमका हिसाबले संवेदनशील क्षेत्र मानिन्छ। पछिल्लो समय हिमाली क्षेत्रमा भूकम्पसँगै पहिरो, हिमताल विस्फोट र बाढीजस्ता प्राकृतिक विपद्को जोखिमसमेत बढिरहेको छ।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  १० : ४७ बजे

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज