तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस « Khabarhub

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको केन्द्र मुस्ताङको लोमान्थाङ आसपास भएको भूकम्प मापन केन्द्रका विज्ञ लोक विजय अधिकारीले जानकारी दिए।

युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरका अनुसार भूकम्प बुधबार राति गएको हो। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो।

भूकम्पको धक्का तिब्बतसँगै नेपालको मनाङ, बागलुङसँगै धौलागिरि रेन्ज तथा काठमाडौँलगायत जिल्लामा भएको थियो। भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने सार्वजनिक भएको छैन।

ईएमएससीले भूकम्पको तीव्रता ५.३ म्याग्निच्युड रहेको जनाएको हो। तिब्बत भूकम्पीय जोखिमका हिसाबले संवेदनशील क्षेत्र मानिन्छ। पछिल्लो समय हिमाली क्षेत्रमा भूकम्पसँगै पहिरो, हिमताल विस्फोट र बाढीजस्ता प्राकृतिक विपद्को जोखिमसमेत बढिरहेको छ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  १० : ४७ बजे

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क