गाँजासहित एक युवक पक्राउ « Khabarhub

गाँजासहित एक युवक पक्राउ


२२ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । हतुवागढी गाउँपालिका–९ स्थित धिरिङ खोलाको बगरबाट प्रहरीले २४४ किलो ७०० ग्राम गाँजासहित आमचोक गाउँपालिका–७ का १९ वर्षीय एकराज मगरलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर खड्काका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मगरलाई नियन्त्रणमा लिएको हो ।

प्रमुख खड्काका अनुसार मगरको साथबाट ६ बोरा गाँजा, मोटरसाइकल र मोबाइल बरामद गरिएको छ । पक्राउ परेका मगरलाई बरामद गाँजासहित अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

लागूऔषध गाँजासम्बन्धी कसुरमा भोजपुर जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश राईले जानकारी दिए ।

प्रहरीले जिल्लामा गाँजा खेती तथा यसको ओसारपसार नियन्त्रणका लागि अभियान सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत गत भदौ महिनामा ८२ रोपनीमा लगाइएको ३६ हजार ९० बोट र असोजमा ३४ रोपनीमा लगाइएको नौ हजार पाँच सय ५० बोट गाँजा नष्ट गरिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  ८ : २१ बजे

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६