गाँजासहित एक युवक पक्राउ « Khabarhub

गाँजासहित एक युवक पक्राउ


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । हतुवागढी गाउँपालिका–९ स्थित धिरिङ खोलाको बगरबाट प्रहरीले २४४ किलो ७०० ग्राम गाँजासहित आमचोक गाउँपालिका–७ का १९ वर्षीय एकराज मगरलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर खड्काका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मगरलाई नियन्त्रणमा लिएको हो ।

प्रमुख खड्काका अनुसार मगरको साथबाट ६ बोरा गाँजा, मोटरसाइकल र मोबाइल बरामद गरिएको छ । पक्राउ परेका मगरलाई बरामद गाँजासहित अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

लागूऔषध गाँजासम्बन्धी कसुरमा भोजपुर जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश राईले जानकारी दिए ।

प्रहरीले जिल्लामा गाँजा खेती तथा यसको ओसारपसार नियन्त्रणका लागि अभियान सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत गत भदौ महिनामा ८२ रोपनीमा लगाइएको ३६ हजार ९० बोट र असोजमा ३४ रोपनीमा लगाइएको नौ हजार पाँच सय ५० बोट गाँजा नष्ट गरिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ८ : २१ बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको