पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू) « Khabarhub

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली राजमार्गको यात्रा सहज छैन । साँघुरो, भिरालो बाटोमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता कर्णालीबासीले वर्षौंदेखि झेलिरहेका छन् । त्यसमाथि राजमार्गमा खसिरहने पहिरोले झनै जोखिमको अवस्था छ ।

राजमार्गको गगने खोला क्षेत्र पहिरोग्रस्त ठाउँकै रूपमा परिचित छ । कालिकोटको शुभकालिका गाउँपालिका–१ मा पर्ने यो भीरमा सामान्य वर्षामै लेदोसहितको पहिरो खस्छ । कहिले ग्याबिन जाली हाल्ने कहिले पानीको निकास बनाउने काम पनि भयो । तर, कुनै उपाय काम लागेन । पहिरोको समस्या समाधान गर्न सडक डिभिजन जुम्लाले दुई वर्षअघि तीन करोड रूपैयाँ लगानीमा ग्याबिन जाली लगाएको थियो । पहिरो थेग्न नसक्दा त्यो जाली पनि बगायो ।

वर्षा सुरू हुनेबित्तिकै पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या वर्षौंदेखि दोहोरिँदै आएपनि यसको स्थायी समाधान हुन सकेको छैन । पछिल्लोपटक असोज ९ देखि ११ गतेसम्मको वर्षाले तीन दिन पहिरोले गगने खोलामा आवागमन ठप्प भएको थियो ।

गाउँपालिका अध्यक्ष भन्छन्– ‘बालेन सरकार ! हाम्रो पीडा बुझिदेऊ’
गगने खोलाको पहिरोले शुभकालिकाका जनप्रतिनिधि पनि आजित छन् । पानी परेपछि जनप्रतिनिधि र सुरक्षाकर्मी गगने खोलामा खटिन्छन् ।

आफ्नो आर्थिक सामथ्र्यले भ्याउने अवस्था नभएपछि उनीहरूले प्रदेश, संघ सरकारलाई समस्या नसुनाएका होइनन् । तर, पटकपटक माथिल्लो सरकारलाई ध्यानाकर्षण गराउँदा पनि कुनै समाधान निस्किएको छैन ।

पहिरोग्रस्त गगने खोला क्षेत्र पर्ने शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद आचार्य आफूहरू एक्लैले लगानी गरेर गगने खोला पहिरोको समस्या समाधान गर्न नसक्ने बताउँछन् ।

आवश्यक बजेट र प्राविधिक प्रयोग गरेर समस्या समाधान गरिदिन उनले संघ सरकारलाई आग्रह गरे । ‘बिरामीको उपचार डाक्टरले गर्छ । क्रिटिकल पोइन्टमा अर्थ र भौतिक मन्त्रालयले यति बजेट भए यो समस्या समाधान हुन्छ भनेर त्यो एकैपटक छुट्याउनुपर्‍यो,’ उनले कर्णालीबाट सिंहदरबारलाई याचना गरे, ‘म संघ सरकार (बालेन सरकार)लाई भन्न चाहन्छु– हाम्रो पीडा बुझिदिनप¥यो । हामी एक्लैले सक्दैनौँ ।’

करोडौँको स्याउ, जडीबुटी बाटोमै कुहिने, रारा हिँडेका स्वदेशी–विदेशी पर्यटक, चालक र कर्णालीबासी पानी परेपछि बीच बाटोमै अड्किनुपर्ने समस्या रहेको उनको भनाइ छ । ‘करोडौँको स्याउ, जडीबुटी त्यहीँ सड्छ । स्याउका गाडी ५र७ दिनसम्म त्यहीँ रहन्छ भने के हुन्छ ? अर्गानिक स्याउ कुहिएर जान्छ । उपभोग गर्नेलाई असर पर्छ,’ उनले भने ।

पहिरो खस्ने ठाउँमाथि १९ घरपरिवार विस्थापित भइसकेको उनले बताए । त्यसैले शुभकालिका–१ लाई विपद्ग्रस्त क्षेत्र नै घोषणा गरिएको अध्यक्ष आचार्यले बताए ।

२०४९–५० सालतिर नै सर्खुेत र जुम्लालाई जोड्ने गरी ट्रयाक निर्माण थालिएको थियो । कडा चट्टानी पहाड फोर्दे २०६३ सालको अन्तिममा जुम्लासम्म यो ट्रयाक जोडिएको थियो ।

राजमार्ग खोल्दाताका नै जोखिम अनुमान गरेर ट्रयाक परिवर्तन गर्न प्रस्ताव गरिएको अध्यक्ष आचार्य सम्झन्छन् । ‘कर्णाली राजमार्ग बनेपछि नै प्राविधिक हिसाबले लोकेसन नै परिवर्तन गर्नुपर्छ भनेर पहिल्यै प्रस्ताव राखेका हौँ । रेखांकन र डीपीआर भइसकेकोले परिवर्तन गर्न गाह्रो हुन्छ भन्ने कुरा आयो । त्यो भएपछि त्यसलाई नै निरन्तरता दिन लाग्यौँ,’ उनले सुनाए । उनी आज पनि गगने खोलालाई छलेर कर्णाली राजमार्गलाई अन्य ठाउँबाट अघि बढाउनुपर्ने दोहोर्‍याउँछन् ।

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  १० : २५ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र