सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित « Khabarhub

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित


२२ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट ल्याउने गरी आज बिहान बैठक बस्ने भनिए थियो ।

प्रदेशसभा सचिवालयले अन्तिम समयमा स्थगित भएको बैठक अब २४ गतेका लागि तय भएको जनाएको छ । प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले आज बिहान ८ः०० बजे बस्ने गरी तयारी गरिए पनि सरकारको आग्रहपछि अब २४ गते बिहान ८ः०० बजे बस्नेगरी समय निर्धारण गरिएको जानकारी दिए ।

‘प्रदेश सरकारबाट अनुरोध भएअनुसार हामीले आज बिहान ८ः०० बजे बस्नेगरी बैठकको तयारी गरेका थियौँ, तर बैठक बस्न सकेन । सरकारको आग्रहमै अब २४ गते बिहान बस्नेगरी समय निर्धारण गरेका छौँ’, उनले भने ।

हाल सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था रहेको छ । तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले चालु आर्थिक वर्षका लागि प्रदेशसभामा बजेट पेस गरिसकेको अवस्थामा सरकार फेरबदल भएपछि यस्तो अवस्था आएको हो ।

यहाँ गत साउन २९ गते नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता खगराज भट्टको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहितको सरकार गठन भएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  १० : ४१ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते