इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन « Khabarhub

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको छ । इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार सङ्घीय सरकारको १४ करोड ५० लाख लागतमा निर्मित भवनमा १५ शय्या छ ।

यसअघि गाउँपालिका कार्यालय परिसरमा रहेको पुरानो भवनबाट अस्पताल सञ्चालन हुँदै आएको थियो । यस अस्पतालमा पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डमा भएका सवारी दुर्घटनाका बिरामीसमेत आउने गर्दछन् । गाउँपालिकाका अतिरिक्त छिमेकी पालिकाबाटसमेत यहाँ बिरामी आउने गरेको उले जानकारी दिए ।

अस्पतालका मेडिकल अधिकृत डा. अभिषेक लिम्बूले नवनिर्मित भवनबाट अस्पतालका उपलब्ध स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन हुने बताए ।

नयाँ भवनमा सेवा सञ्चालनसँगै सेवाग्राहीलाई पहिलेभन्दा सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सकिनेछ । अस्पतालबाट प्रदान हुँदै आएको बहिरङ सेवा (ओपीडी), आकस्मिक सेवा (इमर्जेन्सी), प्रयोगशाला, एक्स–रेलगायतका स्वास्थ्य सेवासम्बन्धी सेवा अब नवनिर्मित भवनबाट सञ्चालन हुने उनको भनाइ छ ।

अस्पतालमा बिरामीलाई सेवा दिँदा दक्ष जनशक्ति कमी भएकाले सङ्घीय सरकारसँग थप जनशक्ति माग गरिएको छ । हाल अस्पतालमा पालिकाका दुई र बागमती प्रदेशको छात्रबृत्ति करारको एकगरी तीन जना चिकित्सक मात्र रहेका छन् ।

अस्पतालले चौबिसे घण्टा आकस्मिक सेवा दिँदै आएको छ । अस्पतालमा समयसमयमा विशेषज्ञ चिकित्सक बोलाएर सेवा दिने गरिएको छ । इच्छाकामना जिल्लाको एकमात्र गाउँपालिका हो । जहाँको अधिकांश भूगोल पहाडी रहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  १० : ४९ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र