पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च « Khabarhub

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध बनेपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप बढेको छ ।

उडान सङ्ख्या कम भएका कारण यात्रुको चाप थेग्न मुश्किल भइरहेको जोमसोम विमानस्थलका प्रमुख विश्वनाथ शर्माले बताए । उनका अनुसार तारा र समिट एयरको ट्वीनटर जहाजले पोखरा–जोमसोम उडान गर्दै आएका छन् ।

‘दुवै जहाजले दैनिक पाँच–पाँच वटा उडान गर्दै आएकामा अहिले दैनिक सात–सात वटासम्म उडान गरेका छन्’, उनले भने, ‘मुस्ताङ जोड्ने सडकमार्ग विच्छेद भएपछि जहाजबाट आउजाउ गर्ने यात्रुको चाप बढेको हो ।’ यतिबेला मुख्य पर्यटकीय याम चलिरहेकाले हवाई मार्गबाट मुस्ताङ जाने पर्यटकको सङ्ख्या पनि बढिरहेको विमानस्थल प्रमुख शर्माले बताए ।

स्रोह श्रद्धाका बेला मुक्तिनाथ दर्शनसँगै कागबेनीमा पितृतर्पण गर्न नेपाल र भारतका हिन्दुमार्गीहरु पनि उल्लेख्य रुपमा त्यहाँ पुग्ने गर्छन् । एयरलाइन्स कम्पनीले हवाई उडानमा बिरामी, अशक्त आदिलाई प्राथमिकता दिइएको जनाएका छन् । त्यस किसिमका यात्रु र विदेशी पर्यटकको सहज यात्राका लागि स्थानीय प्रशासन र विमानस्थल कार्यालयलेसमेत सहजीकरण गरिरहेको प्रमुख शर्माले बताए ।

‘पर्यटकीय याम भएकाले यसै पनि पोखरा–जोमसोम धेरै उडान हुने बेला हो यो’, उनले भने, ‘विपद्का कारण सडक अवरुद्ध भएपछि यात्रुको चाप थप बढेको हो ।’ सडकमार्ग खुलेपछि यात्रुको चाप स्वतः घट्ने र हवाई यात्रा पनि सहज हुने उनको भनाइ छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतले दिउँसोको समयमा जोमसोम विमानस्थलमा बढी हावाहुरी चल्ने भएकाले अधिकांश बिहानको समयमा मात्र उडान हुँदै आएको बताए । दिनभर उडान हुनसक्दा यात्रुलाई सहज रुपमा सेवा दिन सकिने भएपनि पोखरा–जोमसोम उडानमा त्यो अवस्था नरहेको उनको भनाइ छ । अधिकांश उडान मध्याह्न १२ बजेअघि नै हुने गरेको उनले बताए ।

वर्षायामका कारण गत जेठ १८ गतेदेखि बन्द भएको पोखरा–जोमसोम हवाई उडान सेवा गत भदौ पहिलो सातादेखि सुरु भएको थियो । ‘भिजिबिलिटी’ कम हुने भएपछि हरेक वर्षायाममा पोखरा–जोमसोम उडान बन्द हुने गरेको छ ।

यही असोज ८ देखि ११ गतेसम्मको वर्षात्पछि कालीगण्डकी नदीमा आएको बाढीले उक्त सडकखण्ड ठाउँठाउँमा अवरुद्ध पारेपछि यतिबेला पोखरादेखि मुस्ताङ जाने एकमात्र विकल्प हवाई मार्ग बनेको छ । बाह्र दिनदेखि अवरुद्ध रहेको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक अझै सञ्चालनमा आउन सकेको छैन ।



प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  १० : ५९ बजे

हुरीले गोलभेँडा खेतीमा क्षति

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले गोलभेँडा

बीपी बचाउन न्यायाधीश जनकमानले लिएको त्यो जोखिम

न्यायाधीश जनकमान : तपाईंलाई सशस्त्र जनक्रान्ति गरेको आरोप सम्बन्धमा के भन्नुहुन्छ

कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा १८ प्रतिशत बोनस सेयर प्रस्ताव

काठमाडौं– कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले आर्थिक वर्ष २०८०/०८१

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार