वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय « Khabarhub

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय


२२ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ ।

कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाकाअनुसार बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रदेश सचिव रामकृष्ण अधिकारीलाई अर्को व्यवस्था नभएसम्म सामाजिक विकास मन्त्रालयको कामसमेत गर्ने गरी जिम्मेवारी तोकेको छ ।

प्रदेश आर्थिक कार्य विधि तथा वित्तीय उत्तरदायी ऐन, २०७८ को दफा ४७ तथा प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी नियमावली, २०७९ को नियम १११ बमोजिम मोरङको प्रमुख जिल्ला अधिकारीको अधिकार क्षेत्रमा बसेको मिनाह सिफारिस समितिले निर्णय गरेर कोशी प्रदेशसभा सचिवालय जेनजी आन्दोलनबाट नष्ट भएका अचल सम्पत्ति मिनाह गर्ने निर्णय भएको प्रवक्ता मन्त्री शेर्पाले बताए ।

उनका अनुसार कोशी प्रदेशमा अपाङ्गता भएका व्यक्तिका अधिकारसम्बन्धी विधेयक तर्जुमा सिद्धान्त स्वीकृत गर्ने र कोशी प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत निकायका आव २०८३/८३ को अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।
 
 

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  ११ : ३० बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते