वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय « Khabarhub

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ ।

कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाकाअनुसार बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रदेश सचिव रामकृष्ण अधिकारीलाई अर्को व्यवस्था नभएसम्म सामाजिक विकास मन्त्रालयको कामसमेत गर्ने गरी जिम्मेवारी तोकेको छ ।

प्रदेश आर्थिक कार्य विधि तथा वित्तीय उत्तरदायी ऐन, २०७८ को दफा ४७ तथा प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी नियमावली, २०७९ को नियम १११ बमोजिम मोरङको प्रमुख जिल्ला अधिकारीको अधिकार क्षेत्रमा बसेको मिनाह सिफारिस समितिले निर्णय गरेर कोशी प्रदेशसभा सचिवालय जेनजी आन्दोलनबाट नष्ट भएका अचल सम्पत्ति मिनाह गर्ने निर्णय भएको प्रवक्ता मन्त्री शेर्पाले बताए ।

उनका अनुसार कोशी प्रदेशमा अपाङ्गता भएका व्यक्तिका अधिकारसम्बन्धी विधेयक तर्जुमा सिद्धान्त स्वीकृत गर्ने र कोशी प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत निकायका आव २०८३/८३ को अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।
 
 

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ११ : ३० बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै