काठमाडौं– नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी कार्यालय च्यासल पुगेकी छन् ।
हालै एमालेको वरिष्ठ नेता चयन भएकी भण्डारी शपथ लिन तथा स्थायी कमिटी बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगेकी हुन् ।
करिब ११ वर्षपछि पदाधिकारीको जिम्मेवारीसहित भण्डारी पुनः एमालेको सक्रिय राजनीतिमा फर्किएकी हुन् ।
बैठकमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू पार्टी कार्यालय च्यासल पुगिसकेका छन् ।
बैठकमा पार्टीका समसामयिक राजनीतिक विषय तथा संगठनात्मक विषयमा छलफल हुने जनाइएको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी




































प्रतिक्रिया