विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’ « Khabarhub

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’


२२ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले झापा–१ का महाधिवेशन प्रतिनिधिहरूसँग छलफल गरेका छन्।

बिहीबार बिहान भएको छलफलमा शर्माले महाधिवेशन प्रतिनिधिहरूलाई ढुक्क भएर आफ्नो विवेक प्रयोग गरी मतदान गर्न आग्रह गरे। उनले कांग्रेसमा अब कुनै गुट वा पक्ष नरहेको दाबी गरे।

‘कांग्रेस एक भइसकेको छ। यो या त्यो पक्ष भन्ने छैन। आफ्नो विवेक प्रयोग गरेर मत हाल्नुहोस्,’ शर्माले भने।

उनले स्वस्थ प्रतिस्पर्धाका लागि सबै महाधिवेशन प्रतिनिधिलाई स्वतन्त्र रूपमा निर्वाचनमा सहभागी हुने वातावरण बनाइएको बताए।

‘स्वस्थ प्रतिस्पर्धा हुने बाटो बनेको छ। सबै महाधिवेशन प्रतिनिधिलाई स्वतन्त्र ढंगले निर्वाचन लड्न दिइएको छ। अहिले गुट भन्ने कहीँ देखिएको छैन,’ शर्माले भने।

शर्माले छलफलका क्रममा महाधिवेशनप्रति स्थानीय प्रतिनिधिहरूको धारणा समेत बुझेका थिए। उनले कुनै पक्षका नाममा चिर्कटो बाँड्न नपाइने र प्यानलसमेत बनाउन नपाइने जानकारी गराए।

कांग्रेसको १५औँ महाधिवेशनबाट शर्मासहित वरिष्ठ उपसभापति पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ। बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि भने निर्वाचन हुँदैछ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  २ : ३७ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते