विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’ « Khabarhub

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले झापा–१ का महाधिवेशन प्रतिनिधिहरूसँग छलफल गरेका छन्।

बिहीबार बिहान भएको छलफलमा शर्माले महाधिवेशन प्रतिनिधिहरूलाई ढुक्क भएर आफ्नो विवेक प्रयोग गरी मतदान गर्न आग्रह गरे। उनले कांग्रेसमा अब कुनै गुट वा पक्ष नरहेको दाबी गरे।

‘कांग्रेस एक भइसकेको छ। यो या त्यो पक्ष भन्ने छैन। आफ्नो विवेक प्रयोग गरेर मत हाल्नुहोस्,’ शर्माले भने।

उनले स्वस्थ प्रतिस्पर्धाका लागि सबै महाधिवेशन प्रतिनिधिलाई स्वतन्त्र रूपमा निर्वाचनमा सहभागी हुने वातावरण बनाइएको बताए।

‘स्वस्थ प्रतिस्पर्धा हुने बाटो बनेको छ। सबै महाधिवेशन प्रतिनिधिलाई स्वतन्त्र ढंगले निर्वाचन लड्न दिइएको छ। अहिले गुट भन्ने कहीँ देखिएको छैन,’ शर्माले भने।

शर्माले छलफलका क्रममा महाधिवेशनप्रति स्थानीय प्रतिनिधिहरूको धारणा समेत बुझेका थिए। उनले कुनै पक्षका नाममा चिर्कटो बाँड्न नपाइने र प्यानलसमेत बनाउन नपाइने जानकारी गराए।

कांग्रेसको १५औँ महाधिवेशनबाट शर्मासहित वरिष्ठ उपसभापति पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ। बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि भने निर्वाचन हुँदैछ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  २ : ३७ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले