विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ « Khabarhub

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’का सभापति कृष्णप्रसाद पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

राष्ट्रियसभाको असोज १६ गते बसेको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १६७ बमोजिम एक सदस्य थप गर्ने गरी नौ सदस्यीय विशेष समिति गठन गरेको थियो। समितिको सभापतिमा पौडेल निर्विरोध निर्वाचित भएका थिए।

सिंहदरबारस्थित संसदीय समिति कक्षमा आयोजित शपथ ग्रहण कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलगायतको उपस्थिति थियो। शपथ ग्रहणपछि सभापति पौडेलले विशेष समितिको बैठकसमेत राखेका छन्।

शपथ ग्रहणपछि कुरा गर्दै सभापति पौडेलले भोटेकोशी र कालीगण्डकी करिडोरमा भएका विपद्बाट नागरिक, बालबालिका, महिला, सुत्केरी तथा अपाङ्गता भएका व्यक्तिले भोग्नुपरेको दुःख, कष्ट र पीडालाई ध्यानमा राखेर समितिले काम गर्ने बताए।

उनले भविष्यमा यस्ता विपद् आउँदा त्यसको गति र क्षति न्यूनीकरण गर्न तथ्य तथा तथ्याङ्कमा आधारित अध्ययन गरी प्रतिवेदन तयार गर्ने बताए।

‘हामी तीन महिनाको समयमा अहोरात्र खटेर मुलुक र त्यहाँका नागरिकको हितका लागि एउटा अनुकरणीय काम गर्ने योजना छ,’ पौडेलले भने, ‘तथ्य र तथ्याङ्कमा आधारित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विश्वास गर्न सकिने र कार्यान्वयनमा ल्याउन सकिने किसिमको प्रतिवेदन तयार गर्छौं।’

आवश्यकताअनुसार विषयविज्ञको सहयोग लिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरेर कार्यान्वयनयोग्य प्रतिवेदन तयार गर्ने उनको भनाइ छ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ३ : ०५ बजे

पाँचदशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले