विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ « Khabarhub

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ


२२ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’का सभापति कृष्णप्रसाद पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

राष्ट्रियसभाको असोज १६ गते बसेको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १६७ बमोजिम एक सदस्य थप गर्ने गरी नौ सदस्यीय विशेष समिति गठन गरेको थियो। समितिको सभापतिमा पौडेल निर्विरोध निर्वाचित भएका थिए।

सिंहदरबारस्थित संसदीय समिति कक्षमा आयोजित शपथ ग्रहण कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलगायतको उपस्थिति थियो। शपथ ग्रहणपछि सभापति पौडेलले विशेष समितिको बैठकसमेत राखेका छन्।

शपथ ग्रहणपछि कुरा गर्दै सभापति पौडेलले भोटेकोशी र कालीगण्डकी करिडोरमा भएका विपद्बाट नागरिक, बालबालिका, महिला, सुत्केरी तथा अपाङ्गता भएका व्यक्तिले भोग्नुपरेको दुःख, कष्ट र पीडालाई ध्यानमा राखेर समितिले काम गर्ने बताए।

उनले भविष्यमा यस्ता विपद् आउँदा त्यसको गति र क्षति न्यूनीकरण गर्न तथ्य तथा तथ्याङ्कमा आधारित अध्ययन गरी प्रतिवेदन तयार गर्ने बताए।

‘हामी तीन महिनाको समयमा अहोरात्र खटेर मुलुक र त्यहाँका नागरिकको हितका लागि एउटा अनुकरणीय काम गर्ने योजना छ,’ पौडेलले भने, ‘तथ्य र तथ्याङ्कमा आधारित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विश्वास गर्न सकिने र कार्यान्वयनमा ल्याउन सकिने किसिमको प्रतिवेदन तयार गर्छौं।’

आवश्यकताअनुसार विषयविज्ञको सहयोग लिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरेर कार्यान्वयनयोग्य प्रतिवेदन तयार गर्ने उनको भनाइ छ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  ३ : ०५ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते