साउदी विमानस्थलमा हुथीको आक्रमण « Khabarhub

साउदी विमानस्थलमा हुथीको आक्रमण


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ३ : २४ बजे

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने

कांग्रेस महाधिवेशन: सभापतिदेखि पदाधिकारीसम्म नेविसंघका पूर्वनेताको दबदबा

काठमाडौँ – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघबाट राजनीतिक

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको