कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन « Khabarhub

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन


२२ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले केन्द्रीय सदस्यमा निर्वाचित भए पार्टी विभाजन रोक्न पहल गर्ने बताएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार रहेका महर्जनले आफू निर्वाचित भए कांग्रेसलाई एक बनाएर अघि बढाउने दाबी गरे। पार्टी एक हुन नसक्दा विभिन्न समस्या उत्पन्न भएको उनको भनाइ छ।

‘म निर्वाचित भएको अवस्थामा कांग्रेस विभाजित हुनबाट रोक्छु। त्यसका लागि वैचारिक र सांगठनिक रूपमा कस्तो कदम चाल्नुपर्छ, त्यस विषयमा म निरन्तर आवाज उठाउँछु र काम गर्छु,’ उनले भने।

महर्जनले कांग्रेसमा पुनः विभाजनको अवस्था नआओस् भन्ने आफ्नो चाहना रहेको बताए। पार्टीभित्रको विभाजन अन्त्यसँगै जनताका अपेक्षा पूरा गर्नुपर्ने उनको भनाइ छ।

‘नेपाली कांग्रेसमा यस्तो किसिमको विभाजन नहोस् भन्ने मेरो चाहना छ। त्यसपछि जनताले डेलिभरी खोजेका छन्। डेलिभरी दिन सकिरहेका छैनौँ,’ उनले भने।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  ३ : २७ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको