कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन « Khabarhub

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले केन्द्रीय सदस्यमा निर्वाचित भए पार्टी विभाजन रोक्न पहल गर्ने बताएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार रहेका महर्जनले आफू निर्वाचित भए कांग्रेसलाई एक बनाएर अघि बढाउने दाबी गरे। पार्टी एक हुन नसक्दा विभिन्न समस्या उत्पन्न भएको उनको भनाइ छ।

‘म निर्वाचित भएको अवस्थामा कांग्रेस विभाजित हुनबाट रोक्छु। त्यसका लागि वैचारिक र सांगठनिक रूपमा कस्तो कदम चाल्नुपर्छ, त्यस विषयमा म निरन्तर आवाज उठाउँछु र काम गर्छु,’ उनले भने।

महर्जनले कांग्रेसमा पुनः विभाजनको अवस्था नआओस् भन्ने आफ्नो चाहना रहेको बताए। पार्टीभित्रको विभाजन अन्त्यसँगै जनताका अपेक्षा पूरा गर्नुपर्ने उनको भनाइ छ।

‘नेपाली कांग्रेसमा यस्तो किसिमको विभाजन नहोस् भन्ने मेरो चाहना छ। त्यसपछि जनताले डेलिभरी खोजेका छन्। डेलिभरी दिन सकिरहेका छैनौँ,’ उनले भने।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ३ : २७ बजे

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने

कांग्रेस महाधिवेशन: सभापतिदेखि पदाधिकारीसम्म नेविसंघका पूर्वनेताको दबदबा

काठमाडौँ – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघबाट राजनीतिक

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको