इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी « Khabarhub

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने भन्दै आदिस अबाबास्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।  

बुधबार जारी सुरक्षा सूचनामा दूतावासले अक्टोबरमा इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने रिपोर्टबारे आफू जानकार रहेको जनाएको छ। यद्यपि, आक्रमण भइसकेको हो वा थप आक्रमणको सम्भावना रहेको हो भन्नेबारे दूतावासले स्पष्ट पारेको छैन।

दूतावासले अमेरिकी नागरिकलाई स्थानीय अधिकारीको निर्देशन पालना गर्न र सुरक्षा अवस्थाबारे विश्वसनीय स्रोतबाट प्राप्त सूचनामा ध्यान दिन आग्रह गरेको छ। साथै, सैन्य प्रतिष्ठानबाट टाढा रहन, प्रभावित क्षेत्रमा यात्रा नगर्न तथा व्यक्तिगत सुरक्षा योजनाको समीक्षा गर्न सुझाव दिएको छ।

अमेरिकी नागरिकलाई अम्हारा, टिग्रे र अफार क्षेत्र तथा लालिबेलामा कुनै पनि कारणले यात्रा नगर्न दूतावासले आग्रह गरेको छ। ती क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित भए स्थान छाड्न वा अवस्था सुधार नभएसम्म सुरक्षित स्थानमा आश्रय लिन भनिएको छ।

साथै, स्थानीय सञ्चारमाध्यमबाट पछिल्लो सुरक्षा सूचना लिन र उडानसम्बन्धी जानकारीका लागि सम्बन्धित विमान कम्पनीसँग सम्पर्कमा रहन दूतावासले आग्रह गरेको छ। इन्टरनेट तथा टेलिफोन सेवा जुनसुकै बेला अवरुद्ध हुनसक्ने चेतावनीसमेत दिइएको छ।

इथियोपियाको समग्र सुरक्षा अवस्थालाई ध्यानमा राख्दै अमेरिकी नागरिकलाई इथियोपियाको यात्राबारे पुनर्विचार गर्न दूतावासले आग्रह गरेको छ। आदिस अबाबाको सुरक्षा अवस्था तुलनात्मक रूपमा स्थिर रहे पनि उत्तरी इथियोपियाका केही क्षेत्रमा छिटपुट सशस्त्र द्वन्द्व र नागरिक अशान्ति रहेको जनाएको छ।

विशेषगरी सामाजिक सञ्जालमार्फत गलत सूचना फैलिन सक्ने भन्दै दूतावासले विश्वसनीय समाचार स्रोतबाट मात्र सुरक्षा अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ।

अम्हारा क्षेत्रमा सशस्त्र समूह र सरकारी फौजबीच हिंसा हुँदै आएको छ। टिग्रेमा सन् २०२२ मा शान्ति सम्झौतामार्फत द्वन्द्व अन्त्य भए पनि सुरक्षा तथा मानवीय चुनौती कायमै छन्। इरिट्रिया र जिबुटीसँग सीमा जोडिएको अफार क्षेत्रमा पनि क्षेत्रीय द्वन्द्व र अस्थिरताका कारण सुरक्षा चिन्ता रहेको जनाइएको छ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ४ : ०८ बजे

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन