मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’ « Khabarhub

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’


२२ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने आरोप अस्वीकार गर्दै दूरसञ्चार सेवासम्बन्धी आफ्नो नियामक व्यवस्था निष्पक्ष र गैरभेदभावपूर्ण रहेको जनाएको छ।

मस्कले बुधबार सामाजिक सञ्जाल एक्समार्फत भारतमा स्टारलिङ्कको प्रवेश केही ‘कुलीन वर्ग’ले आफ्नो एकाधिकार जोगाउन अवरुद्ध गरेको आरोप लगाएका थिए। उनले भारतीय जनतामाथि एकाधिकार कायम राख्न स्टारलिङ्कलाई रोकिएको दाबी गर्दै त्यसलाई ‘भारतका जनताविरुद्धको अपराध’ समेत भनेका थिए।

भारतको सञ्चार मन्त्रालयले बिहीबार मस्कको नाम उल्लेख नगरी सामाजिक सञ्जालमा प्रसारित स्टारलिङ्कलगायत स्याटेलाइट सञ्चार सेवासम्बन्धी नियामक व्यवस्थाको निष्पक्षतामाथि उठाइएका प्रश्नप्रति ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले भारतमा सबै दूरसञ्चार सेवाका लागि ‘निष्पक्ष र गैरभेदभावपूर्ण प्राधिकरण ढाँचा’ रहेको स्पष्ट गरेको छ। स्याटेलाइट सञ्चार सेवा सञ्चालनका लागि आवश्यक दूरसञ्चार इजाजतपत्र प्रदान गरिएको र सम्बन्धित संस्थाको सुरक्षा मूल्याङ्कन प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ।

‘जब र जहाँ इजाजतपत्र प्राप्त संस्थाको सुरक्षा मूल्याङ्कन प्रक्रिया पूरा हुन्छ, त्यसले अर्को चरणमा प्रवेश गर्न सक्छ’, मन्त्रालयले भनेको छ।

तल्लो पृथ्वी कक्षमा रहने उपग्रहको माध्यमबाट दुर्गम क्षेत्रमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने स्टारलिङ्कको सम्भावित प्रवेशलाई लिएर भारतमा मूल्य निर्धारण र स्पेक्ट्रम वितरणलगायत विषयमा लामो समयदेखि बहस हुँदै आएको छ।

भारतीय अर्बपति मुकेश अम्बानीको जियो प्लेटफर्मले सन् २०२५ मार्चमा आफ्ना ग्राहकलाई स्टारलिङ्कको स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउन मस्कको कम्पनी स्पेसएक्ससँग सम्झौता गरेको घोषणा गरेको थियो। तर, सम्झौता भएको लामो समय बितिसक्दा पनि भारतमा स्टारलिङ्कको सेवा सञ्चालनमा आएको छैन।

भारत सरकारले स्याटेलाइट सञ्चार सेवाका लागि इजाजतपत्र प्राप्त कम्पनीहरूको सुरक्षा मूल्याङ्कन पूरा भएपछि मात्र सेवा सञ्चालनको अर्को प्रक्रिया अघि बढ्ने जनाएको छ। मन्त्रालयले सम्बन्धित कम्पनीहरूको नाम भने सार्वजनिक गरेको छैन।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  ४ : ४६ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको