मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’ « Khabarhub

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने आरोप अस्वीकार गर्दै दूरसञ्चार सेवासम्बन्धी आफ्नो नियामक व्यवस्था निष्पक्ष र गैरभेदभावपूर्ण रहेको जनाएको छ।

मस्कले बुधबार सामाजिक सञ्जाल एक्समार्फत भारतमा स्टारलिङ्कको प्रवेश केही ‘कुलीन वर्ग’ले आफ्नो एकाधिकार जोगाउन अवरुद्ध गरेको आरोप लगाएका थिए। उनले भारतीय जनतामाथि एकाधिकार कायम राख्न स्टारलिङ्कलाई रोकिएको दाबी गर्दै त्यसलाई ‘भारतका जनताविरुद्धको अपराध’ समेत भनेका थिए।

भारतको सञ्चार मन्त्रालयले बिहीबार मस्कको नाम उल्लेख नगरी सामाजिक सञ्जालमा प्रसारित स्टारलिङ्कलगायत स्याटेलाइट सञ्चार सेवासम्बन्धी नियामक व्यवस्थाको निष्पक्षतामाथि उठाइएका प्रश्नप्रति ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले भारतमा सबै दूरसञ्चार सेवाका लागि ‘निष्पक्ष र गैरभेदभावपूर्ण प्राधिकरण ढाँचा’ रहेको स्पष्ट गरेको छ। स्याटेलाइट सञ्चार सेवा सञ्चालनका लागि आवश्यक दूरसञ्चार इजाजतपत्र प्रदान गरिएको र सम्बन्धित संस्थाको सुरक्षा मूल्याङ्कन प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ।

‘जब र जहाँ इजाजतपत्र प्राप्त संस्थाको सुरक्षा मूल्याङ्कन प्रक्रिया पूरा हुन्छ, त्यसले अर्को चरणमा प्रवेश गर्न सक्छ’, मन्त्रालयले भनेको छ।

तल्लो पृथ्वी कक्षमा रहने उपग्रहको माध्यमबाट दुर्गम क्षेत्रमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने स्टारलिङ्कको सम्भावित प्रवेशलाई लिएर भारतमा मूल्य निर्धारण र स्पेक्ट्रम वितरणलगायत विषयमा लामो समयदेखि बहस हुँदै आएको छ।

भारतीय अर्बपति मुकेश अम्बानीको जियो प्लेटफर्मले सन् २०२५ मार्चमा आफ्ना ग्राहकलाई स्टारलिङ्कको स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउन मस्कको कम्पनी स्पेसएक्ससँग सम्झौता गरेको घोषणा गरेको थियो। तर, सम्झौता भएको लामो समय बितिसक्दा पनि भारतमा स्टारलिङ्कको सेवा सञ्चालनमा आएको छैन।

भारत सरकारले स्याटेलाइट सञ्चार सेवाका लागि इजाजतपत्र प्राप्त कम्पनीहरूको सुरक्षा मूल्याङ्कन पूरा भएपछि मात्र सेवा सञ्चालनको अर्को प्रक्रिया अघि बढ्ने जनाएको छ। मन्त्रालयले सम्बन्धित कम्पनीहरूको नाम भने सार्वजनिक गरेको छैन।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ४ : ४६ बजे

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको