श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान « Khabarhub

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, बबरमहलले आफ्ना श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन समस्त रोजगारदाता तथा प्रतिष्ठानहरूलाई ताकेता गरेको छ । 

विभागले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार श्रम ऐन, २०७४ को दफा ३७ मा प्रचलित धर्म, संस्कृति तथा परम्परा अनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाईपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने स्पष्ट कानुनी व्यवस्था रहेको छ।

सोही कानुनी प्रावधान बमोजिम आफ्ना श्रमिकहरूलाई उक्त सुविधा अनिवार्य रूपमा उपलब्ध गराउन रोजगारदाताहरूलाई अनुरोध गरिएको छ ।

यदि कुनै रोजगारदाता वा प्रतिष्ठानले नियमानुसार पाउनुपर्ने चाडपर्व खर्च उपलब्ध नगराएमा सुविधा नपाउने श्रमिक वा कामदारले सम्बन्धित प्रतिष्ठान रहेको कार्यक्षेत्रमा पर्ने श्रम तथा रोजगार कार्यालय वा सोझै विभागमा उजुरी तथा निवेदन दिन सक्नेछन् । 

उजुरी प्रक्रियालाई सहज बनाउन विभागले वेबसाइट, इमेल जस्ता माध्यमहरू पनि खुला गरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ४ : ४९ बजे

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको