चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत « Khabarhub

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ। आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत अधिकतम भाडादरभन्दा कम मूल्यमा टिकट बिक्री गर्न सहमत भएका छन्।

हवाई टिकट महँगो भएको गुनासो आएपछि प्रधानमन्त्री वालेन्द्र शाहले चासो देखाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेश)को सक्रियतामा भाडादर घटाउने पहल भएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बिहीबार आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको थियो। छलफलमा कम्पनीहरूले स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने सहमति जनाएका हुन्।

क्यानका महानिर्देशक मुकेश डङ्गोलका अनुसार अब वायुसेवा कम्पनीहरूले स्वीकृत भाडादरभन्दा कम मूल्यमा टिकट बिक्रीवितरण गर्न सक्नेछन्। साथै, उपलब्ध सस्तो भाडादरबारे सम्बन्धित कम्पनीका बिक्रीवितरण प्लेटफर्ममा समेत सूचना प्रकाशित गर्नुपर्नेछ।

चाडपर्वको समयमा यात्रुको चाप बढ्ने र त्यसैको मौका छोपेर हवाई भाडा बढाइएको गुनासो बढेपछि सरकारले वायुसेवा कम्पनीसँग छलफल गरी भाडा घटाउने वातावरण बनाएको हो।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ४ : ५५ बजे

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको