अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई « Khabarhub

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरेकी छिन् । ७६ वर्षीया कार्सन साहित्यमा नयाँ प्रयोगका लागि चर्चित छिन् ।

“शास्त्रीय परम्परासँगको रोचक संवादमार्फत् समकालीन साहित्यका लागि नयाँ रूपहरू सिर्जना गर्ने उनको साहसिक र नवीन कृतिहरूका लागि” कार्सनलाई यसपालि सम्मानित गर्ने निर्णय गरिएको नोबेल समितिले जनाएको छ।

जीवनभरको साहित्यिक योगदान र उत्कृष्ट कृतिहरूका आधारमा प्रदान गरिने यो सम्मानलाई विश्व साहित्यकै सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छ । यसको पुरस्कार राशि १२ मिलियन स्विडेनी क्रोनर (करिब १२ लाख अमेरिकी डलर) रहेको छ ।

पुरस्कार विजेता कार्सनले विगत ३० वर्षभन्दा बढी समयदेखि ग्रीक भाषा र साहित्यको प्राध्यापन गर्दै आउनुका साथै प्राचीन ग्रीक साहित्यका चर्चित कृतिहरूको अनुवादमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याएकी छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ५ : ०४ बजे

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको