काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने भएको छ।
कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बिहीबार पत्रकार सम्मेलनमार्फत महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको काठमाडौं बसाइँको खर्च पार्टीले व्यहोर्ने जानकारी दिएका हुन्।
कोषाध्यक्ष श्रेष्ठका अनुसार महाधिवेशन असोज २२ गतेभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, निर्वाचन प्रक्रिया एक दिन लम्बिएपछि प्रतिनिधिहरूलाई थप आर्थिक भार नपर्ने गरी उनीहरूको एक दिनको थप बसोबास तथा खानपिनको व्यवस्था पार्टीले नै गर्ने उनले बताए।















प्रतिक्रिया