प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा « Khabarhub

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा


२२ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले जनसम्पर्क समिति एसिया क्षेत्र (गल्फ क्षेत्रबाहेक) बाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।

नेपाली कांग्रेसमा सक्रिय कँडेलले राजनीतिक यात्रा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुरु गरेका हुन्। कँडेलले नेविसंघका विभिन्न क्याम्पस समितिमा जिम्मेवारी सम्हाल्दै पार्टीको भुइँ तहमा सक्रिय रहेर सङ्गठन निर्माण तथा कांग्रेसको विचार जनतामाझ पुर्‍याउने अभियानमा आफू निरन्तर जोडिएको बताएका छन्।

नेता कँडेलले नेपाली कांग्रेसको लोकतान्त्रिक समाजवाद, राष्ट्रियता र बीपी कोइरालाको विचारलाई आफ्नो राजनीतिक यात्राको आधार बनाउँदै आएको बताएका छन्। देशबाहिर रहेर लामो समय काम गर्नुपरे पनि कांग्रेस, लोकतन्त्र र बीपी विचारसँगको आफ्नो राजनीतिक सम्बन्ध निरन्तर कायम रहेको उनको भनाइ छ।

प्रवासमा समेत कांग्रेसको सङ्गठन विस्तारमा सक्रिय कँडेलले नेपाली कांग्रेस जनसम्पर्क समिति जापानको अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। उक्त भूमिकामा रहँदा प्रवासमा रहेका कांग्रेसका नेता–कार्यकर्तालाई सङ्गठित गर्ने तथा अन्तर्राष्ट्रियस्तरमा पार्टीको पहिचान विस्तार गर्ने काममा आफू सक्रिय रहेको उनले बताएका छन्।

भुइँ तहदेखि सङ्गठन निर्माणमा हासिल गरेको अनुभवलाई अब पार्टीको केन्द्रीय संरचनामा प्रभावकारी रूपमा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी दिएको कँडेलको भनाइ छ। अग्रज नेता तथा पार्टीका साथीहरूको सुझाव र सल्लाहलाई आत्मसात् गर्दै आफूले उम्मेदवारी घोषणा गरेको उनले बताएका छन्।

कँडेलले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत राजनीतिक आकाङ्क्षाभन्दा पनि प्रवासमा रहेका कांग्रेसका नेता–कार्यकर्ताको आवाजलाई पार्टीको मूल नेतृत्वसम्म पुर्‍याउने अभियानका रूपमा प्रस्तुत गरेका छन्। उनले महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई मत दिएर विजयी गराउन आग्रह गर्दै आफ्नो पक्षमा प्राप्त हुने मतले प्रवासी काङ्ग्रेसजनको प्रतिनिधित्वलाई थप बलियो बनाउने दाबी गरेका छन्।

कँडेलले आफूलाई अहिलेसम्म साथ, माया, विश्वास र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी निर्वाचनमा पनि त्यही विश्वासलाई मतमा परिणत गरिदिन महाधिवेशन प्रतिनिधिहरूसँग अपिल गरेका छन्। उनको उम्मेदवारीसँगै कांग्रेसको जनसम्पर्क समिति एसिया क्षेत्रतर्फको चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  ५ : २८ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको