प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा « Khabarhub

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले जनसम्पर्क समिति एसिया क्षेत्र (गल्फ क्षेत्रबाहेक) बाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।

नेपाली कांग्रेसमा सक्रिय कँडेलले राजनीतिक यात्रा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुरु गरेका हुन्। कँडेलले नेविसंघका विभिन्न क्याम्पस समितिमा जिम्मेवारी सम्हाल्दै पार्टीको भुइँ तहमा सक्रिय रहेर सङ्गठन निर्माण तथा कांग्रेसको विचार जनतामाझ पुर्‍याउने अभियानमा आफू निरन्तर जोडिएको बताएका छन्।

नेता कँडेलले नेपाली कांग्रेसको लोकतान्त्रिक समाजवाद, राष्ट्रियता र बीपी कोइरालाको विचारलाई आफ्नो राजनीतिक यात्राको आधार बनाउँदै आएको बताएका छन्। देशबाहिर रहेर लामो समय काम गर्नुपरे पनि कांग्रेस, लोकतन्त्र र बीपी विचारसँगको आफ्नो राजनीतिक सम्बन्ध निरन्तर कायम रहेको उनको भनाइ छ।

प्रवासमा समेत कांग्रेसको सङ्गठन विस्तारमा सक्रिय कँडेलले नेपाली कांग्रेस जनसम्पर्क समिति जापानको अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। उक्त भूमिकामा रहँदा प्रवासमा रहेका कांग्रेसका नेता–कार्यकर्तालाई सङ्गठित गर्ने तथा अन्तर्राष्ट्रियस्तरमा पार्टीको पहिचान विस्तार गर्ने काममा आफू सक्रिय रहेको उनले बताएका छन्।

भुइँ तहदेखि सङ्गठन निर्माणमा हासिल गरेको अनुभवलाई अब पार्टीको केन्द्रीय संरचनामा प्रभावकारी रूपमा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी दिएको कँडेलको भनाइ छ। अग्रज नेता तथा पार्टीका साथीहरूको सुझाव र सल्लाहलाई आत्मसात् गर्दै आफूले उम्मेदवारी घोषणा गरेको उनले बताएका छन्।

कँडेलले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत राजनीतिक आकाङ्क्षाभन्दा पनि प्रवासमा रहेका कांग्रेसका नेता–कार्यकर्ताको आवाजलाई पार्टीको मूल नेतृत्वसम्म पुर्‍याउने अभियानका रूपमा प्रस्तुत गरेका छन्। उनले महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई मत दिएर विजयी गराउन आग्रह गर्दै आफ्नो पक्षमा प्राप्त हुने मतले प्रवासी काङ्ग्रेसजनको प्रतिनिधित्वलाई थप बलियो बनाउने दाबी गरेका छन्।

कँडेलले आफूलाई अहिलेसम्म साथ, माया, विश्वास र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी निर्वाचनमा पनि त्यही विश्वासलाई मतमा परिणत गरिदिन महाधिवेशन प्रतिनिधिहरूसँग अपिल गरेका छन्। उनको उम्मेदवारीसँगै कांग्रेसको जनसम्पर्क समिति एसिया क्षेत्रतर्फको चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ५ : २८ बजे

स्याफ्रुबेँसीमा ७६ मिटर लामो बेलिब्रिज निर्माण सुरु, रसुवागढी सडक सञ्जाल जोडिने

रसुवा– चीनसँगको उत्तरी नाका जोड्ने स्याफ्रुबेसीमा बेलिब्रिज जडानका लागि फाउन्डेसन

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी