नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू) « Khabarhub

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको चहलपहल बढ्न थालेको छ। दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेसँगै नयाँ बसपार्कमा सार्वजनिक सवारीसाधन चढ्ने यात्रुको भीड देखिन थालेको हो ।

दशैंका लागि काठमाडौंमा रहेका नागरिकहरू धमाधम आफ्नो गाउँघर फर्किन थालेका छन्। विशेषगरी लामो दूरीका सवारीसाधनमा यात्रुको चाप बढेको व्यवसायीहरूले बताएका छन्।

यात्रुको सहजताका लागि भोलिदेखि अग्रिम टिकट बुकिङ खुला हुने जनाइएको छ। अग्रिम टिकट खुलेसँगै दशैंको मुख्य समयमा घर फर्किने यात्रुको चाप अझ बढ्ने अनुमान गरिएको छ।

नयाँबसपार्कबाट देशका विभिन्न जिल्लामा जाने लामो, तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन हुँदै आएका छन्। 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ५ : ५९ बजे

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल

स्याफ्रुबेँसीमा ७६ मिटर लामो बेलिब्रिज निर्माण सुरु, रसुवागढी सडक सञ्जाल जोडिने

रसुवा– चीनसँगको उत्तरी नाका जोड्ने स्याफ्रुबेसीमा बेलिब्रिज जडानका लागि फाउन्डेसन