सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु « Khabarhub

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र आक्रमण हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

इरानी समाचार संस्था इर्नाका अनुसार मकरान तटमा तैनाथ एक सैनिक विभागका कर्मचारीहरू सवार मिनीबसलाई बिहीबार बिहान सशस्त्र समूहले आक्रमण गरेको हो। आक्रमणमा एक जनाको मृत्यु र तीन जना घाइते भएको जनाइएको छ। यद्यपि मृतक व्यक्ति सेनाका कर्मचारी भए वा नभएकोबारे इर्नाले स्पष्ट पारेको छैन।

यसै प्रान्तमा बिहीबार अर्को घटनामा प्रहरी गस्ती टोलीमाथि पनि सशस्त्र आक्रमण भएको छ। प्रान्तीय प्रहरीले इर्नामार्फत जारी गरेको वक्तव्यमा कारबाहीमा खटिएको प्रहरी गस्ती टोली ‘सशस्त्र गैरकानुनी व्यक्तिहरू’को आक्रमणमा परेको उल्लेख गरिएको छ।

प्रहरीका अनुसार आक्रमणमा एक प्रहरी अधिकृतको मृत्यु भएको छ भने केही आक्रमणकारी घाइते भएर फरार भएका छन्।

पाकिस्तान र अफगानिस्तानसँग सीमा जोडिएको सिस्तान–बलुचिस्तानमा लामो समयदेखि इरानी सुरक्षा बल र सशस्त्र समूह तथा लागूऔषध तस्करबीच झडप हुँदै आएको छ।

इरानका सबैभन्दा गरिब प्रान्तमध्ये एक सिस्तान–बलुचिस्तानमा ठूलो सङ्ख्यामा जातीय बलुच समुदायको बसोबास छ। उनीहरूमध्ये अधिकांश सुन्नी मुस्लिम छन्, जबकि इरान शिया मुस्लिम बहुल देश हो।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ६ : १६ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल