हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध « Khabarhub

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध


२२ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना भइरहेका बेला निजी क्षेत्रका प्रमुख वायुसेवा कम्पनीले उच्च वर्गको भाडादर बन्द गरी न्यूनतम दरमै टिकट बिक्री गरिरहेको दाबी गरेका छन्।

निजी वायुसेवा सञ्चालक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स र श्री एयरलाइन्सले बिहीबार (असोज २२) छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै भाडादरबारे ध्यानाकर्षण भएको जनाएका हुन्।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भई प्रतिलिटर १२७ रूपैयाँबाट २४९ रूपैयाँसम्म पुगेकाले गत वर्ष जस्तै सस्तो मूल्यमा सेवा दिन कठिनाइ भएको यती एयरलाइन्सले जनाएको छ।

दसैँका बेला काठमाडौँबाट बाहिरिने यात्रुको चाप उच्च हुने र फर्किने उडान खाली जाने भए पनि यात्रुको सुविधाका लागि काठमाडौँबाट बाहिरिने उडानमा माथिल्लो वर्गको भाडादर स्थगन गरिएको यती र श्री एयरलाइन्सले स्पष्ट पारेका छन्।

यसैगरी, बुद्ध एयरले सामाजिक सञ्जाल तथा अनलाइनमा फोटोसप र एआईको प्रयोग गरी भाडादरसम्बन्धी भ्रामक स्क्रिनसट प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ।

धनगढीको उडानमा एकतर्फी भाडा १०,८०० रूपैयाँमै उपलब्ध गराइरहेको र न्यूनतम भाडादरका कारण प्रायः सबै दिनका टिकट बिक्री भइसकेको बुद्ध एयरको भनाइ छ।

साथै, अनधिकृत रूपमा बढी मूल्यमा टिकट बिक्री गर्ने ट्राभल एजेन्सी वा व्यक्तिमाथि कडा कानुनी कारबाही गरिने चेतावनी पनि एयरलाइन्सले दिएको छ।

तीनवटै वायुसेवा कम्पनीले काठमाडौँ फर्किने उडानमा न्यूनतम भाडादर तथा प्रोमो कोडमार्फत थप छुट र अफर उपलब्ध गराइएको जनाएका छन्।

सडक यातायातमा आएको अवरोध र चाडपर्वको समयमा यात्रुहरूलाई सुरक्षित र किफायती हवाई सेवा दिन प्रतिबद्ध रहेको कम्पनीहरूको भनाइ छ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  ७ : ३७ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको