हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध « Khabarhub

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना भइरहेका बेला निजी क्षेत्रका प्रमुख वायुसेवा कम्पनीले उच्च वर्गको भाडादर बन्द गरी न्यूनतम दरमै टिकट बिक्री गरिरहेको दाबी गरेका छन्।

निजी वायुसेवा सञ्चालक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स र श्री एयरलाइन्सले बिहीबार (असोज २२) छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै भाडादरबारे ध्यानाकर्षण भएको जनाएका हुन्।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भई प्रतिलिटर १२७ रूपैयाँबाट २४९ रूपैयाँसम्म पुगेकाले गत वर्ष जस्तै सस्तो मूल्यमा सेवा दिन कठिनाइ भएको यती एयरलाइन्सले जनाएको छ।

दसैँका बेला काठमाडौँबाट बाहिरिने यात्रुको चाप उच्च हुने र फर्किने उडान खाली जाने भए पनि यात्रुको सुविधाका लागि काठमाडौँबाट बाहिरिने उडानमा माथिल्लो वर्गको भाडादर स्थगन गरिएको यती र श्री एयरलाइन्सले स्पष्ट पारेका छन्।

यसैगरी, बुद्ध एयरले सामाजिक सञ्जाल तथा अनलाइनमा फोटोसप र एआईको प्रयोग गरी भाडादरसम्बन्धी भ्रामक स्क्रिनसट प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ।

धनगढीको उडानमा एकतर्फी भाडा १०,८०० रूपैयाँमै उपलब्ध गराइरहेको र न्यूनतम भाडादरका कारण प्रायः सबै दिनका टिकट बिक्री भइसकेको बुद्ध एयरको भनाइ छ।

साथै, अनधिकृत रूपमा बढी मूल्यमा टिकट बिक्री गर्ने ट्राभल एजेन्सी वा व्यक्तिमाथि कडा कानुनी कारबाही गरिने चेतावनी पनि एयरलाइन्सले दिएको छ।

तीनवटै वायुसेवा कम्पनीले काठमाडौँ फर्किने उडानमा न्यूनतम भाडादर तथा प्रोमो कोडमार्फत थप छुट र अफर उपलब्ध गराइएको जनाएका छन्।

सडक यातायातमा आएको अवरोध र चाडपर्वको समयमा यात्रुहरूलाई सुरक्षित र किफायती हवाई सेवा दिन प्रतिबद्ध रहेको कम्पनीहरूको भनाइ छ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ७ : ३७ बजे

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको